आर्थिक खबर

महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिकाले लागू गरेको सम्पती कर ब्यवहारिक नभएको भन्दै नगरबासी विरोधमा उत्रिएका छन् । जमिनलाई ब्यवसायिक, आवासीय र खेतियोग्य तीन भागमा विभाजन गरी सोही अनुसार कर तोकेपछि त्यसको विरोध भएको हो । ...विस्तृतमा पढ्नुस्
रुपन्देही: सहज रुपमा ऋण प्रदान गरेर गरीबी घटाउने उद्देश्यले स्थापना भएका लघुवित्त संस्थाहरुलाई सञ्चालकहरुले कमाउने अड्डा बनाउन थालेका छन् । लघुवित्तका सञ्चालकहरु कमाउ धन्दामा लागेपछि रुपन्देहीको ग्रामीण क्षेत्रका सर्वसाधरण मारमा परेका छन् ।  
काठमान्डौँ :  यस साता धितोपत्र बजारका कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रहेको छ । साताको अन्तिम दिन आज नेप्सेमा झिनो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०।९९ बिन्दुले घटेर एक हजार ...विस्तृतमा पढ्नुस्
मकवानपुर : कुलेखानी जलविद्युत् तेस्रो आयोजनाले आगामी दशैँअघिबाटै १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानोटारस्थित निर्माणाधीन सो आयोजनाबाट १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको हो । उत्पादन गरिएको ...विस्तृतमा पढ्नुस्
काठमाडौं : काठमाडौं तराई द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन ‘डीपीआर’ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । डीपीआर स्वीकृत भएसँगै अब द्रुतमार्ग निर्माणको बाटो खुलेको छ । कोरियाको सुसुङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनीले तयार गरेको डीपीआर मन्त्रीपरिषदले स्वीकृत गरेको ...विस्तृतमा पढ्नुस्
कञ्चनपुर : भीमदत्त नगरपालिका–८ तिलाचौरमा २८ करोड ५० लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाइएको छ । आयोजना निर्माणका लागि नगर विकास कोषबाट सात करोड १२ लाख ऋण रुपैयाँ र १९ करोड ९५ ...विस्तृतमा पढ्नुस्