लेखा समिति सभापतिलाई राजीनामा दिन माओवादीको माग

विराटनगर । नेकपा माआवादी केन्द्रले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ ।
पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पोखरेलको राजीनामा माग गरेका हुन् ।
माओवादी दलका नेता आङ्बोले विहीबार पत्रकार सम्मेलन गर्दै नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानका लागि सहजीकरण गर्न आग्रह गरे ।
उमागौरी सहकारी प्रकरणमा पोखरेल पत्नी अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । यो मुद्दामा अञ्जलासहित २५ जना फरार छन् ।

‘विद्युत् कटौतीलाई लिएर प्रकाशित समाचार प्रायोजित हो’
जनयुद्ध शब्द प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश

वर्तमान गठबन्धन फेल भए, यो व्यवस्था पनि ढल्छ : सांसद सिंह

छुवाछूतबारे बनेका कानुन कडाइका साथ लागू गर्नुपर्छ : मन्त्री गुप्ता

धनुषामा बोराभित्र राखिएको अवस्थामा भेटियो युवकको शव

परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा

प्रतिक्रिया