रवि लामिछानेको अनधिकृत तस्विर प्रति कास्की प्रहरीको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्विर सार्वजनिक गर्नेलाई कानुन अनुसार कारबाही हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले विज्ञप्ति जारी गर्दै साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारबाही गरिने जानकारी दिएको छ ।
लामिछानेको तस्विर सार्वजनिक भएकोप्रति ध्यानाकर्षण गराउँदै प्रहरीले फौजदारी न्याय प्रणालीका मुल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न प्रतिवद्ध रहेको जनाएको छ ।
कास्की प्रहरीले लामिछानेको तस्विर डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भएको पनि बताएको छ । गोपनियता कायम राख्नुपर्ने विषयमा संवेदनशिल रहि सूचना र समाचार सम्प्रेषण गरी अनुसन्धानमा सहयोग गर्न कास्की प्रहरीको अनुरोध छ ।

परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा

सुर्खेतमा घरभित्र निसास्सिएको अवस्थामा फेला परेका आमा–छोराको मृत्यु
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन

लेखा समिति सभापतिलाई राजीनामा दिन माओवादीको माग

४ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित

‘विद्यालय शिक्षा, निजामति ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्नुपर्ने’

प्रतिक्रिया