•    
  •    
  • Follow @Avenues_Tv
Avenues Television

२० वर्ष पछि जनप्रतिनिधिको महासंग्राम
स्थानीय तह निर्वाचन

आज

  • देश भित्र
  • विश्व
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • सुचना प्रबिधि
  • भिडियो
  • सम्पर्क
  • सर्वोच्च शिखर सगरमाथाको संरक्षणमा लाग्न प्रधानमन्त्रीको आह्वान
  • जानकी नवमीको अवसरमा जनकपुरमा तीन दिवसीय रामायण मेला
  • १२ ‍औं महाधिवेशन सुनिश्चितता गर्न माग गर्दै पार्टी कार्यालयमा नेविसंघको धर्ना
  • निर्वाचनको समिक्षा भन्दा कांग्रेस नेताहरु आरोप प्रत्यारोपमा
  • पुननिर्माण सुस्त भएको पूर्व प्रधानमन्त्री भट्टराईको गुनासो
  • बुद्धिजीविलाई दिए ओलीले मुसाको संज्ञा, विकासको कुरा गर्दा महेन्द्रपथ भनेकोमा गुनासो
  • भोली दुई नम्बर प्रदेशमा सार्वजनिक विदा
  • मनाङ माइभ्याली गोल्डकपको सेमिफाइनलमा
  • ३३ किलो सून प्रकरणमा अपराध महाशाखाका अर्का सई पक्राउ
  • भुकम्प प्रभावित जिल्लामा दुई बर्षसम्म निशुल्क ईन्टरनेट सुविधा
गृह पृष्‍ठ / एभिन्यूज @ देशमा आज

१८ गतेदेखि नारायणगढ–मुग्लिन सडक मर्मतका लागि राति वन्द हुने

13 Poush 2074 Thursday   10:08 am प्रतिकृया दिनुहोस


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुस १८ गतेदेखि रातको समयमा यातायात बन्द गरिने भएको छ। सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने भएको हो। जिल्ला प्रशासन कार्यालय भएको सरोकारवालाहरुको बैठकले राति ५ घन्टा र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कामलाई तीव्रता दिने निर्णय गरेको हो। बैठकमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादव, सुरक्षा निकायका प्रमुख, ठेकेदार कम्पनीका प्रतिनिधि, जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो। बैठकले रातिको समयमा भित्तो काट्ने, सम्याउने लगायत काम गर्ने र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कालोपत्र गर्ने कामलाई अगाडि बढाउने निर्णय गरेको छ। त्यस्तै बैठकले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाई सवारी आवागमन प्रभावकारी बनाउने, सवारी रोकिएको समयमा कामलाई तीव्रता दिने र रातिको समयका काम गर्न विद्युत् प्राधिकरणसँग समन्वय गरी उज्यालोको व्यवस्था गर्ने निर्णय गरेको छ। ठेकेदार कम्पनीका प्रतिनिधिहरुले भने दिउँसो ८ घन्टा सवारी रोकेर काम गर्न दिन माग गरेका थिए।प्रजिअ भट्टले काम सन्तोषजनक रुपमा अगाडि बढ्न नसकेको र यसअघि गरिएका निर्णयलाई कार्यान्वयन नगरिएको बताउँदै कामलाई तीव्रता दिन आग्रह गरेका छन्। ुहामी निर्णय गर्दै जान्छौँ, त्यो कार्यान्वयन हुँदैन। काम पनि हुन सकेको छैन,ु उनले भने, ुजनताले पनि दुःख पाएका छन् नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख यादवले विगतमा नाकाबन्दी, चक्काजाम, इन्धन अभावका कारण कामको प्रगति हुन नसकेको बताउँदै चालु आर्थिक वर्षमा पनि वर्षा, चाडपर्व र निर्वाचनले गर्दा सोचे जति काममा प्रगति हुन नसकेको स्पष्ट पारे।उनका अनुसार हालसम्म समग्रमा ६८ प्रतिशत काम सम्पन्न भएको छ। पहिलो खण्डमा ६८ प्रतिशत, दोस्रो खण्डमा ७४ प्रतिशत र तेस्रो खण्डमा ६१ प्रतिशत काम सम्पन्न भएको छ।उक्त सडकखण्डको १६ किलो र २२ किलोमा ५ सय मिटर र ३३ किलोमा ३ सय मिटर भित्तो काट्ने काम अझै बाँकी रहेको आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिए। उनका अनुसार अहिलेसम्म १३ दशमलव ५ किलोमिटर सडक एक तह कालोपत्र भएको छ। सो सडक तीन पत्र कालोपत्र गरिँदै छ। राजधानी प्रवेशको ‘लाइफलाइन’का रुपमा यो सडकलाई लिने गरिन्छ।

एभिन्यूज @ देशमा आज

जानकी नवमीको अवसरमा जनकपुरमा तीन दिवसीय रामायण मेला

जनकपुरधाम । जानकी नवमीको अवसरमा एक भव्य कार्यक्रमका बिच तीन दिवसीय रामायण मेलाको समुदघाटन गरिएको छ । जनकपुरधामको जानकी मन्दिरको ...

  • पुननिर्माण सुस्त भएको पूर्व प्रधानमन्त्री भट्टराईको गुनासो
  • बुद्धिजीविलाई दिए ओलीले मुसाको संज्ञा, विकासको कुरा गर्दा महेन्द्रपथ भनेकोमा गुनासो
  • भोली दुई नम्बर प्रदेशमा सार्वजनिक विदा
  • ३३ किलो सून प्रकरणमा अपराध महाशाखाका अर्का सई पक्राउ
  • भारतबाट चोरी निकासी गरी नेपाल ल्याई नक्कली विल बुक वनाई बिक्रि गर्ने गिरोह पक्राउ
  • ताजा खबर
  • लोक प्रिय खबर
  • सर्वोच्च शिखर सगरमाथाको संरक्षणमा लाग्न प्रधानमन्त्रीको आह्वान

    10 Baishakh 2075 Monday 10:22 pm
  • जानकी नवमीको अवसरमा जनकपुरमा तीन दिवसीय रामायण मेला

    10 Baishakh 2075 Monday 10:20 pm
  • १२ ‍औं महाधिवेशन सुनिश्चितता गर्न माग गर्दै पार्टी कार्यालयमा नेविसंघको ...

    10 Baishakh 2075 Monday 10:15 pm
  • निर्वाचनको समिक्षा भन्दा कांग्रेस नेताहरु आरोप प्रत्यारोपमा

    10 Baishakh 2075 Monday 10:10 pm
  • पुननिर्माण सुस्त भएको पूर्व प्रधानमन्त्री भट्टराईको गुनासो

    10 Baishakh 2075 Monday 9:50 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार अनमोल चौधरी ८१७४ ...

    22 Ashad 2074 Thursday1:30 pm
  • राजधानीमा भूत आतंक ! खाली घरबाट रोएको आवाज आएपछि भागाभाग

    8 Jestha 2074 Monday6:00 pm
  • भेलले बगाउँदा काठमाडौंमा एक बालिकाको मृत्यु

    31 Ashad 2074 Saturday11:04 am

सर्वाधिकार सुरक्षित © २०१८. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.