Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • नेताको माला मोह (भिडियो रिपोर्ट)
  • नेकपाको एकतासम्बन्धी विषय अझै अन्योलमा, कार्यदलद्वारा थप एक हप्ता समय माग
  • महिला टी–२० विश्वकप छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित
  • संसदीय सनुवाइ समितिको बैठक आइतबारका लागि सर्‍यो
  • घाँटीमा पाइप राखेर जीवन जिउन बाध्य कृष्णलाल (भिडियो रिपोर्ट)
  • राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन : प्रधानसेनापति थापा
  • कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै
  • एकता सम्बन्धी विवादास्पद विषय टुंगो लगाउन नेकपा सचिवालय बैठक जारी
  • बंगलादेशको राजधानी ढाकास्थित एक भवनमा आगलागी हुँदा ५६ जनाको मृत्यु
  • अस्ट्रियाकी विदेशमन्त्री किनाइसल तीन दिने भ्रमणका क्रममा आज काठमाडौं आउँदै
गृह पृष्‍ठ / स्वास्थ्य खबर

१५ दिनदेखि लमही अस्पतालमा एक्सरे र एम्बुलेन्स सेवा ठप्प

15 Shrawan 2075 Tuesday   11:38 am प्रतिकृया दिनुहोस

तुलसीपुर : दाङको लमही अस्पतालमा १५ दिनदेखि एक्सरे, एम्बुलेन्स र शव बाहन सेवा ठप्प रहेको छ । पूर्व–पश्चिम राजमार्गमा रहेको लमही अस्पतालमा एक्सरे नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । त्यस्तै बिरामी बोक्न अतिआवश्यक मानिने अस्पतालको एम्बुलेन्स र शव बाहन सेवा अवरुद्ध हुँदा झनै समस्या भएको छ ।

गत असार ३२ गते कर्मचारीको व्यवस्थापनबिना नै तत्कालीन अस्पताल व्यवस्थापन समितिले लमही नगरपालिकाको ठाडो आदेशको भरमा अस्पतालमा करारमा रहेका नौ जना कर्मचारीलाई एकै पटक अवकाश दिएको थियो ।

अस्पतालको एक्सरे सेवा, एम्बुलेन्स तथा शव बाहन सेवामा कार्यरत नौ जना करारका कर्मचारीलाई अवकाश दिइएपछि आवश्यक जनशक्ति पदपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बिमलेशकुमार गुप्ताले बताए ।

करारमा रहेका कर्मचारीले छाड्नु परेमा वा हटाउनुपर्ने अवस्था आएमा १५ दिनभित्र जानकारी दिनुपर्ने करार सम्झौता भए पनि आफूलाई पूर्व जानकारीबिना नै करार अवधि सकिएको पत्र थमाइएको अवकाशप्राप्त कर्मचारीले गुनासो गरेका छन् ।

अस्पतालमा २० वर्षसम्म सेवा गरेका कर्मचारीलाई बिना पूर्वजानकारी अवकाश दिइएको उनीहरुको आरोप छ । यता लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले भने अस्पतालमा कार्यरत कर्मचारी हटाइएको बारेमा जानकारी नभएको बताए । “अस्पताल नगरपालिकाको मातहतमा आएको छैन, अस्पताल विकास समितिले निर्णय गरेको होला” उनले भने ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य खबर

सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्दै

काठमाडौं : सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकको विरोधमा आन्दोलनरत सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्ने भएका छन् । आफूहरुको माग ...

  • समायोजन विधेयकको विरोधमा चिकित्सकद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
  • सडक नबन्दा बिरामीलाई अस्पताल पुग्नै सकस, महानगरपालिका मुकदर्शक (भिडियो रिपोर्ट)
  • विश्व क्यान्सर दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
  • चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने
  • ५७ औं नर्सिङ दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
  • ताजा खबर
  • लोक प्रिय खबर
  • नेताको माला मोह (भिडियो रिपोर्ट)

    9 Falgun 2075 Thursday 9:21 pm
  • फ्लुका कारण दुई हजार ८०० जनाको मृत्यु : फ्रान्स

    9 Falgun 2075 Thursday 8:57 pm
  • दुई जनाले बोल्ने भाषा

    9 Falgun 2075 Thursday 8:46 pm
  • ‘नेपाल हिन्दु, बौद्ध र किरातको उद्गम स्थल’ : कमल थापा

    9 Falgun 2075 Thursday 8:37 pm
  • महेन्द्रनगर युनाइटेड क्वालिफायर्समा प्रवेश : डिपिएल

    9 Falgun 2075 Thursday 7:12 pm
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.