काठमाडौं : हिन्दु राष्ट्र र राजतन्त्र पुनस्र्थापनाको माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । मातृभुमि संरक्षण नेपालले शनिबार काठमाडौको हनुमानढोका एक कार्यक्रमको आयोजना गरी राजतन्त्रको समर्थनमा प्रदर्शन गरेको छ । प्रदर्शनमा राजातन्त्र समर्थक विभिन्न संघ सस्था र आम नागरिकको सहभागिता रहेको थियो । उनीहरुले चन्द्र सुर्य अङ्कित राष्ट्रिय झण्डा सहित प्रर्दशन गरेका छ्न ।
हनुमानढोका देखि सुरु भएको झन्डा ¥यालीमा सहभागिहरुले राजा आउ, देश बचाउको नारा समेत लगाएका थिए । हनुमानढोकाबाट शुरु भएको ¥यालीले न्युरोड गेट, भोटाहिटी, जमल लगायतका स्थानको परिक्रमा गरेका थियो । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका कारण देशको स्वाभिमान गुम्ने खतरा बढेको भन्दै देश बचाउनका निम्ति अन्तिम विकल्पका रुपमा राजसंस्थाको पुनर्बहाली हनुपर्न उनीहरुको माग छ ।
पछिल्लो समय राजसंस्थाको पुर्नवार्लीको माग गदै मातृभुमि संरक्षण नेपालले विभिन्न चरणमा प्रर्दशन गदै आएको छ ।