भारतीय जनता पार्टीका नेता तथा सांसद डाक्टर सुब्रह्मन्यम स्वामीले हिन्दुधर्म विज्ञानमा आधारत रहेको बताएका छन् । विश्व हिन्दु संघ र बल्र्ड हिन्दु फेडरेशनले आयोजना गरेको अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले सनातनदेखि मानिँदै आएको हिन्दुधर्मले मानवलाई प्रकृतिसँग जोड्न सघाएको धारणा व्यक्त गरे । उनले नेपाल हिन्दू राष्ट्र होस् भने आपूmहरुको चाहना रहेको समेत बताए । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले भारतले विभिन्न समयमा नेपाललाई सहयोग गर्दे आएकोमा धन्यवाद व्यक्त गर्दै हिन्दु धर्मले दुई देशबीच भातृत्वको सम्वन्ध विकास गर्न सहयोग गरेको धारणा राखे ।
यसैगरी नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरील नेपाल र भारत एक अर्काको छिमेकी मात्र नभएर विविध कारणले नजिक रहेको बताए । उनले आर्थिकका साथै हिन्दु धर्मका कारण एक अर्कासँग जोडिएको धारणा व्यक्त गरे ।
गोष्ठीमा सहभागी हुन आएका भारतीय जनता पार्टीका नेता डाक्टर स्वामीले शनिवार नै प्रधानमन्त्री केपी ओलीसँग समेत भेट गरेका छन् । भेटमा दुईपक्षीय हित लगायतका विषयमा कुराकानी भएको बताइएको छ । गोष्ठीमै सहभागी हुन काठमाडौँ आएका भाजपाका अर्का नेता तथा पूर्वसांसद तरुण विजयले पनि प्रधानमन्त्री ओलीसँग अलग्गै भेट गरेका छन् ।