काठमाडौं : सुन तस्करीका आरोपितबारे विवादास्पद थुनछेक आदेश गरेका उच्च अदालतका पाँच न्यायाधीश कारबाहीमा परेका छन् । न्यायाधीशहरू नागेन्द्रलाभ कर्ण, थीरबहादुर कार्की, सारंगा सुवेदी, उमेशकुमार सिंह र उमेशराज पौडेललाई न्याय परिषदले काठमाडौं झिकाएको हो ।
न्यायाधीशहरुले भरियालाई दोषि देखाएर र सुन तस्करीका योजनाकारलाई धमाधम धरौटी वा सामान्य तारेखमा छाडेको देखिएकाले उनीहरुको प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले काठमाडौं झिकाइएको बताइएको छ ।
उच्च अदालत विराटनगरमा कार्यरत न्यायाधीसहरुले सनम शाक्य हत्याकाण्ड र ३८ क्विन्टल सुन तस्करीको मुद्दामा जोडिएका आरोपितबारे जिल्ला अदालतले गरेका अधिकांश थुनछेक आदेश उल्टयाएका थिए ।