काठमाडौं : सरकारले चिनिया राष्ट्रपति सी जीनपिङको शनिबारदेखि हुने नेपाल भ्रमणका विषयमा पूर्व प्रधानमन्त्रीसँग आज परामर्श गर्दैछ । भ्रमणका क्रममा नेपालले अघि सार्नुपर्ने विषयमा प्रधानमन्त्री केपी ओलीले भोली परामर्श गर्न लागेका हुन् ।
परामर्शका लागि पूर्व परराष्ट्रमन्त्रीलाई पनि आमन्त्रण गरिएको छ । सो क्रममा भ्रमण तयारी र सरकारले तयार गरेका एजेण्डाका विषयमा विस्तृत छलफल गर्ने तयारी छ । सकेसम्म मुलुकको तर्फबाट समान धारणा बनाएर चीनसँगको दुईपक्षीय छलफलमा प्रस्तुत हुने प्रधानमन्त्री ओलीको तयारी छ ।