Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क/Contact
  • साग महिला फुटबल : स्वर्ण जित्नबाट चुक्यो नेपाल, भारतसँग २-०ले पराजित
  • बक्सिङमा मिनु गुरुङले दिलाइन् नेपालालाई स्वर्ण
  • साग पुरुष क्रिकेट : नेपाललाई कास्यपदक
  • संसद्को गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते
  • न्यूजिल्यान्डको ह्वाइट आईल्याण्डमा ज्वालामुखी विस्फोट, एक जनाको मृत्यु, २० घाइते
  • दुई थान पेस्तोल र ४ राउण्ड गोलीसहित एक जना पक्राउ
  • कोहलपुर घटनामा प्रहरीको दमन भएको भन्दै नेविसंघको विरोध प्रदर्शन
  • रावाबेँसी गाउँपालिका प्रमुखको गाडीमा आगजनी
  • साउदी महिलाहरुलाई होटल तथा रेष्टुराँ प्रवेशमा गरिएको कडाइ हटाइयो
  • कोहलपुर घटना : सर्वदलीय बैठक बसेर छानविन अघि बढाउने प्रशासनको तयारी
गृह पृष्‍ठ / मुख्य खबर

सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्‍याउनेलाई कारबाही गर्नुपर्छ : गृहमन्त्री थापा

22 Ashad 2076 Sunday   1:45 pm प्रतिकृया दिनुहोस

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले राज्य पुनःसंरचनाको अवस्थामा सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्‍याउनसक्ने सम्भावना रहेकाले प्रहरी संयन्त्रले सूक्ष्म विश्लेषण गरी योजनाबद्ध रूपमा कारवाही गर्नुपर्ने बताएका छन् ।

जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रहरी सहायक निरीक्षक आधारभूत तालीम १७५औँ समूहको आज यहाँ दीक्षान्त समारोहमा उनले यस अवस्थामा विभिन्न आपराधिक, विखण्डनकारी तथा वर्तमान राज्य प्रणालीप्रति असन्तुष्ट व्यक्ति तथा समूहमाथि सूक्ष्म विश्लेषण गरी कारवाही गर्न प्रहरी संयन्त्रले कुनै कसर बाँकी राख्ने छैन भन्नेमा आफू विश्वस्त रहेको बताए ।

दीक्षित भई जाने प्रहरीको काँधमा कानूनी राज्य अनि सामाजिक न्याय सुनिश्चित गर्ने गहन जिम्मेवारी रहेको उनले बताए । गृहमन्त्री थापाले भने, “यो जिम्मेवारी वहनका क्रममा हुने सानो भूल वा लापरवाही सिङ्गो प्रहरी सङ्गठन, सरकार र राष्ट्रका लागि प्रत्युत्पादक हुनसक्छ ।” प्रहरी कुनै पनि घटनाको पहिलो साक्षी अनुसन्धानकर्ता र न्यायाधीश भएको भन्दै थापाले प्रहरीले गरेका हरेक क्रियाकलापले पीडितले न्याय पाउने सुनिश्चितता हुने र कुनै लापरवाही गरेमा अभियुक्तले छुट पाउनजाने अवस्था हुने बताए ।

देशको अवको गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको भन्दै उनले व्यावसायिक जीवनमा आइपर्ने चुनौतीलाई आफ्नो इमान्दारी, निष्पक्षता र व्यावसायिक कौशल र युक्ति लगाएर परास्त गर्न निर्देशन दिए ।

महिला, दलित एवं समाजका सीमान्तकृत समुदायप्रति हुने गरेका गैरमानवीय व्यवहारको घटना सुन्दा आफूलाई पीडाबोध हुने गरेको भन्दै उनले यस्ता कार्यलाई समाजबाट निरुत्साहित गर्न र पीडकलाई दण्डित गर्न दीक्षित भई जाने प्रहरीको भूमिका महत्वपूर्ण रहने बताए । उनले भने, “यस्ता अमानवीय क्रियाकलापलाई समाजमा उन्मुक्ति नदिने प्रतिबद्धताका साथ परिचालन हुन निर्देशन गर्दछु ।”

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रभाव र प्रलोभनले व्यावसायिक जीवन धूमिल पार्ने हुँदा यसतर्फ सचेत रहन निर्देशन दिए । सो अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक पुष्कर कार्कीले बफादारीका साथ सङ्गठनको गरीमा बढाउन दीक्षित भई जानलागेका प्रहरी अधिकृतहरुलाई निर्देशन दिए ।

कार्यक्रममा शिक्षालयका निर्देशक प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले २१ महिलासहित ३०५ जना दीक्षित भई कार्यक्षेत्रमा जान लागेको जानकारी दिए । हालसम्म शिक्षालयबाट एक हजार ८२९ प्रहरी सहायक निरीक्षक दीक्षित भइसकेका छन् । सो अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थी एवं प्रशिक्षकलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

मुख्य खबर

सागको नवौँ दिन नेपाललाई थप चार स्वर्ण, ४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

  काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक ...

  • एकै संस्करणमा चार स्वर्ण जित्दै गौरिका बनिन् इतिहासकै सफल खेलाडी
  • साग महिला फुटबल : स्वर्ण जित्नबाट चुक्यो नेपाल, भारतसँग २-०ले पराजित
  • बक्सिङमा मिनु गुरुङले दिलाइन् नेपालालाई स्वर्ण
  • साग पुरुष क्रिकेट : नेपाललाई कास्यपदक
  • संसद्को गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते
  • ताजा खबर
  • लोक प्रिय खबर
  • रुसलाई अन्तर्राष्ट्रिय खेलमा चार वर्षको प्रतिबन्ध

    23 Mangshir 2076 Monday 8:04 pm
  • सागको नवौँ दिन नेपाललाई थप चार स्वर्ण, ४९ स्वर्णसहित नेपाल ...

    23 Mangshir 2076 Monday 7:39 pm
  • एकै संस्करणमा चार स्वर्ण जित्दै गौरिका बनिन् इतिहासकै सफल खेलाडी

    23 Mangshir 2076 Monday 7:22 pm
  • सागः सुटिङ खेलमा नेपाल पदकविहीन

    23 Mangshir 2076 Monday 6:36 pm
  • नेप्सेमा दोहोरो अङ्कको वृद्धि

    23 Mangshir 2076 Monday 6:09 pm
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.