Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • पार्टी एकता टुङ्गियो : पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • काठमाडौंद्वारा डीपीएल बहिष्कार, उपाधिका लागि अब अत्तरिया र महेन्द्रनगर भिड्ने
  • तीन वर्षभित्र देशैभर विद्युत् विस्तार : मन्त्री पुन
  • नेकपाको कार्यदल भंग, एकताको बाँकी काम सचिवालयलाई
  • महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालद्वारा यूएई ७ विकेटले पराजित
  • नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी
  • भेनेजुएलाद्वारा ब्राजिलसँगको सीमा बन्द
  • आन्दोलनरत सरकारी चिकित्सकद्वारा आज आकस्मिक बाहेकका सेवा बहिष्कार
  • फ्रान्समा फ्लूका कारण पछिल्लो पाँच महिनामा २८ सय जनाको मृत्यु
  • निर्मला पन्तको बाबुआमाले १०५ दिनपछि धर्ना तोड्दै
गृह पृष्‍ठ / खेलकुद खबर

साफ च्याम्पियनसीप : शनिबार नेपालको अग्निपरीक्षा

22 Bhadra 2075 Friday   4:14 pm प्रतिकृया दिनुहोस

काठमाडौँ : साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि शनिबारको खेल अग्निपरीक्षा बराबर हो ।

प्रतियोगितामा बङ्गलादेशले तीन गोल गरेको छ भने एक गोल पनि खाएको छैन । नेपालले भने पाँच गोल गर्दा दुई गोल खाएको छ । यसरी हेर्दा बङ्गलादेशविरुद्ध गोल गर्न निकै कठिन देखिन्छ । आज बिहान ढाकामा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले शनिबार हुने बङ्गलादेश विरुद्धको खेल नेपालले जित्नै पर्ने बताएका छन् ।

कप्तान महर्जनले साफ च्याम्पियनसीप अन्तर्गत समूह चरणको तेस्रो खेल खेलाडीका लागि मात्र नभएर सम्पूर्ण नेपालीका लागि महत्वपूर्ण रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

बिहीबार भएको समूह ‘ए’ को दोस्रो चरणको खेलमा नेपालले भुटानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो । समूहकै अर्को खेलमा आयोजक बङ्गलादेशले पाकिस्तानलाई १–० ले पराजित गरेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना नेपालकै खेलमा निर्भर रहनेछ ।
दोस्रोचरणको खेल सकिँदा अङ्क तालिकामा बङ्गलादेश दुई खेलमा छ अङ्क बटुल्दै शीर्ष स्थानमा रहेको छ ।

दोस्रो स्थानमा पाकिस्तान दुई खेलमा तीन अङ्क लिएर बसेको छ । नेपालले दुई खेलमा एकमा हार र एकमा जित निकाल्दै तीन अङ्कसाथ समूहको तेस्रो स्थानमा छ । समूहको पुछारमा रहेको भुटानले दुई खेलमा कुनै अङ्क जोडेको छैन । भुटान समूह चरणबाटै बाहिरिसकेको छ । नेपाललाई सेमिफाइनलमा पुग्न पहिलो विकल्प बङ्गलादेश विरुद्ध स्पष्ट जीत हासिल गर्नु पर्नेछ । शनिबार पहिलो खेलमा पाकिस्तान र भुटानबीचको बिजेताले पनि नेपालको अघिल्लो चरणको यात्रा तय गर्नेछ ।

भुटान र पाकिस्तानको खेल बराबरी अथवा भुटानले जितेको अवस्थामा नेपालले बङ्गलादेशविरुद्ध बराबरी खेले मात्र पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । यदि अर्को खेलमा पाकिस्तानले जीते नेपाललले बङ्गलादेशविरुद्ध जीत निकाल्नै पर्ने हुन्छ । यदि शनिबार हुने पहिलो खेलमा पाकिस्तानले भुटानलाई पराजित ग¥यो र नेपाल बङ्गादेशसँग हा¥यो भने पाकिस्तान र बङ्गलादेश सेमिफाइनल पुग्नेछन् । नेपाल समूह चरणबाटै घर फर्कनुपर्नेछ ।

समग्रमा बङ्गलादेशलाई बराबरी अथवा जीतले अर्को चरणमा पुग्न सहज देखिन्छ । नेपालले पनि जीत दर्ता गरे अर्को चरण पुग्ने पक्का छ । बङ्गलादेशले घरेलु मैदानमा भइरहेको प्रतियोगितामा लगातार दोस्रो जीत निकालिसकेको छ । अब समूहको अन्तिम खेलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

खेलकुद खबर

काठमाडौंद्वारा डीपीएल बहिष्कार, उपाधिका लागि अब अत्तरिया र महेन्द्रनगर भिड्ने

धनगढी : धनगढीमा जारी डीपीएल क्रिकेट प्रतियोगिता काठमाडौं गोल्डेन्सले बहिष्कार गरेको छ । उसका अनुभवि बलर अंकित दबासलाई बलिङ प्रतिबन्ध लगाए ...

  • महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालद्वारा यूएई ७ विकेटले पराजित
  • महेन्द्रनगर युनाइटेड क्वालिफायर्समा प्रवेश : डिपिएल
  • नेपालको फराकिलो जीत
  • महिला टी–२० विश्वकप छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित
  • डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै
  • ताजा खबर
  • लोक प्रिय खबर
  • ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा बम विष्फोट तीन जना घाइते

    10 Falgun 2075 Friday 9:13 pm
  • गाँजा वैधानिकताको बहस (भिडियो रिपोर्ट)

    10 Falgun 2075 Friday 9:00 pm
  • पार्टी एकता टुङ्गियो : पुष्पकमल दाहाल ‘प्रचण्ड’

    10 Falgun 2075 Friday 8:53 pm
  • अविरल वर्षाबाट २८ को मृत्यु – पाकिस्तान

    10 Falgun 2075 Friday 6:08 pm
  • छिटफुट वर्षाको सम्भावना

    10 Falgun 2075 Friday 5:14 pm
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.