- बलात्कारको मुद्दामा आशाराम दोषी ठहर
- आर्मीको सेमिफाइनल यात्रामा नवयुग र भरतको पनि गोल
- चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर ५.८९ %, प्रतिब्यक्ति आय १ हजार डलर नाघ्यो
- एक महिनामा तीन दर्जन बलात्कृत
- सुन तस्करी काण्डमा संलग्न चिनियाँ नागरिक पक्राउ
- सार्वजनिक सरोकारका बिषयमा मात्र सुचनाको हक : प्रधानमन्त्री ओली
- उस्तै देखिने तर बलियो धरहरा निर्माण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
- नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी बनाइने
- चर्को शुल्क फिर्ता गर्न माग गर्दै शिक्षा विभागमा धर्ना
- मृगौला प्रत्यारोपण गर्न रकम अभाब
‘सरकारले आचारसंहिताको धज्जी उडाउँदा निर्वाचन आयोग निरिह’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा, धाँधली र बेथिति मिलाएर निर्वाचनलाई प्रभावित पार्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित चुनावी कार्यक्रमा अध्यक्ष ओलीले सत्ताको सहयोगमा हिंसा मच्चाउने, निर्वाचन गर्ने स्थानीय तहका इकाइहरु नै परिवर्तन गरी धाँधली गर्ने काम हुँदा पनि निर्वाचन आयोग मौन रहेको भन्दै आपत्ति जनाएका छन् ।
सरकारले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै लगातार विवादास्पद निर्णय गरे पनि निर्वाचन आयोग निरिह बनेको ओलीको आरोप थियो ।
अध्यक्ष ओलीले निर्वाचन घोषणा गरिसकेपछि स्थानीय तहको संख्या थप्ने जस्ता निर्वाचनका इकाइहरु परिवर्तन गर्ने काम मान्य नसकिने चेतावनी दिए ।