काठमाडौँ : मानिसहरु मनोरञ्जनका लागि संसारमा रहेका विभिन्न देशका विभिन्न ठाउँमा घुम्न जान्छन् । मानिसहरुको घुम्न जाने गन्तव्यको एक गन्तव्य हो आइल्याण्ड । संसारमा आइल्याण्डहरु प्रशस्तै पाइन्छ । तर आज हामी तपाइहरुलाई यस्तो एक आइल्याण्डको बारेमा भन्न गइरहेका छौँ जसको बारेमा सुन्दा तपाइलाई विश्वास नलाग्न सक्छ ।
जस्ट रूम इनफ आइल्याण्ड
न्यू योर्क स्थीत जस्ट रूम इनफ आइल्याण्ड एक यस्तो आइल्याण्ड हो जुन संसारको सबै भन्दा सानो आइल्याण्ड भनेर चिनिन्छ । सुन्दा अचम्म लाग्लाकि यो आइल्याण्डमा एउटा मात्र कोठा भएको घर र एउटा रुख मात्रै छ । न्यू योर्कमा रहेको यस आइल्याण्ड केवल ३३०० स्क्वायर फीटको छ । यो आइल्याण्डलाई एक परिवारले घुम्नकोलागि मात्रै बनाएका थिए । तर बिस्तारै-बिस्तारै यस आइल्याण्डमा धेरै पर्यटकहरु घुम्न आउन थालेका छन् ।