लालिगा अन्र्तगत गएरातिको खेलमा भ्यालेन्सियाले स्पानियोललाइ दुई शुन्यले हराएको छ । भ्यालेन्सियाका लागि लगातार आठौं जित दिलाउने क्रममा कोन्डोग्बिया र मिना लोरेन्जोले एक–एक गोल गरे । जीतसँगै भ्यालेन्सियाले शिर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी चारमा झारेको छ । जीतसँगै लिगको दोस्रो स्थानमा रहेको भ्यालेन्सियाको १२ खेलवाट तीस अंक भएको छ । तेस्रो स्थानमा रहेको साविक विजेता रियल मड्रिडभन्दा भ्यालेन्सिया छ अंकले अघि रहेको छ । भ्यालेन्सियाले सन दुई हजार चारपछि लिगको उपाधी जित्न सकेको छैन ।।