रोयल च्यालेन्जर्स बेंग्लोर आईपीएल क्रिकेटको यो सिजनबाट बाहिरिएको छ । राजस्थान रोयल्ससँग ३० रनले हारेपछि बेग्लोर प्लेअफमा नपुगी बाहिरिएको हो ।
१ सय ६५ रनको लक्ष्य पछ्याएको बेंग्लोरले खेल सकिन ४ बल बाँकी हुँदा १ सय ३४ रनमा अलआउट भएको हो । बेग्लोरका ए बी डी भिलियर्सले ५३ र पार्थिब पटेलले ३३ रन बनाएपनि टिमलाई हारवाट जोगाउन सकेनन् ।
राजस्थानका श्रेयस गोपालले ४ विकेट लिए । जयदेव उनाद्कट र लाफलिनले २–२ विकेट लिए । पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
राजस्थानका लागि राहुल त्रिपाठीले अविजित ८०, कप्तान अजिंक्या रहानेले ३३ र हेनरिक क्लासेनले ३२ रन बनाए ।
बेंग्लोरका लागि उमेश यादवले ३ विकेट लिएका थिए ।