- चीनमा अपेक्षा गरिएभन्दा बढी आर्थिक बृद्धि, चार महिनामा छ दशमलव आठ प्रतिशतले बृद्धि भएको तथ्यांक ...
- एमाले र माओवादी केन्द्रबीच वैशाख नौ गते पार्टी एकता नहुने
- खानेपानीको पाइप खोला तार्ने क्रममा करेन्ट लागेर धादिङमा एकको मृत्यु, ७ घाइते ३ को अवस्था ...
- विराटनगरमा भारतीय दूतावासको सम्पर्क क्याम्पलाई लक्षित गरी बम विस्फोट
- सरकार विरुद्ध यातायात ब्यवसायीको आन्दोलन घोषणा
- एकता संयोजन समितिको बैठक मंगलबार, वैशाख ९ मै एकता हुनेमा अन्यौल
- सुरक्षित मातृत्व विशेष अभियान घोषणा
- शीतयुद्धको ताकाभन्दा पनि खराब परिस्थितिको सामना गरिरहेको रुसको जिकिर
- परराष्ट्रमन्त्री ज्ञवाली चीनको पाँच दिने भ्रमणमा, पुराना सहमति कार्यान्वयनमा पहल गर्ने
- बैशाख ९ गते पार्टी एकता गर्ने गरी माओवादीसँग समझदारीको पहल गर्ने एमालको निर्णय
राष्ट्रपति अनावश्यक दवाव सिर्जना गरेर अध्यादेश जारी गरियो : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाएको आरोप लगाएका छन । नेपाल पर्वतारोहण संघको २७ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अध्यादेश संवैधानिक काम भएकाले आफूहरुको केही टिप्पणी नरहेको बताएपनि यो असंवैधानिक तरिकाले पास गराएको बताएका हुन । सिटकै लागि असंवैधानिक तारिकाले राष्ट्रपतिलाई दबाब सर्जना गरेर अध्यादेश पास गराईएको ओलीको भनाई छ । मिडियाले पनि राष्ट्रपतिसँग भेट गरेपछि अध्यादेश स्वीकृत भएको भनेर हल्ला फिँजाएको भन्दै उनले आफु शितलनिबास नगएको स्पष्ट पारे । ओलीले कांग्रेसहरुले पटक पटक आफूलाई बदनाम गराउन खोजेको आरोप लगाए । नाकाबन्दीका बेलापनि छिमेकी सम्बन्धन बिगारेको आरोप लगाएको भन्दै उनले भारतसँगको सम्बन्ध पनि आफू नेतृत्वकै सरकारले प्रगाढ बनाएको दाबी गरे । अध्यक्ष ओलीले एमालेलाई जालझेल गरेर जितेको आरोप लगाउने गरेको भन्दै एमाले झ्यालबाट नभई हाइवेबाट यहासम्म आईपुगेको धारणा पनि राखे ।