Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क/Contact
  • चिठ्ठा पर्‍यो भन्दै ठग्ने ३ जना पक्राउ, बैंक ह्याकिङमा समेत संलग्नता
  • अवैध १३ लाख नेपाली रुपैयाँसहित २ जना पक्राउ
  • नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
  • गृहमन्त्री थापा र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता
  • चेतनाको कमिले उपभोक्ता ठगिने क्रम बढ्दो : मन्त्री भट्ट
  • कांग्रेस पदाधिकारी बैठक आज बस्दै
  • करणी प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ
  • भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा
  • खेलकुद मन्त्री र राखेपका सदस्य सचिवलाई बर्खास्त गर्न तरुण दलको माग
  • एक हजार बढी शाखा अधिकृतका लागि विज्ञापन आह्वान
गृह पृष्‍ठ / मुख्य खबर

भ्रमण वर्षलाई बजेट अभाव

3 Mangshir 2076 Tuesday   11:23 am प्रतिकृया दिनुहोस

काशीराम शर्मा

बाँके : भ्रमण वर्ष सन् २०२० शुरु हुन करीब डेढ महिना बाँकी छ । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । भ्रमण वर्ष नजिकिँदै जाँदा यहाँ भने पर्यटन प्रवद्र्धनका लागि बजेट अभाव भएको छ । भ्रमण वर्ष सफल बनाउन जिल्लामा हालसम्म कहीँकतै छलफल पनि भएको छैन ।

जिल्लामा भ्रमण वर्ष लक्षित गतिविधि अझै पनि सुरु हुन सकेका छैनन् । स्थानीय तहले औपचारिक कार्यक्रम र चिठ्ठीपत्रमा भ्रमण वर्ष सन् २०२० को लोगो राख्नेबाहेक कुनै उपलब्धिपूर्ण काम गरेका छैनन् । यहाँका स्थानीय तहले पर्यटक आकर्षण गर्न र पर्यटकीयस्थलको प्रचारप्रसारमा ध्यान पुर्याउन सकेका छैनन् । भ्रमण वर्षलाई सार्थक बनाउन वृहत् योजना आवश्यक भए पनि जिल्लामा अहिलेसम्म कुनै तयारी नभएको भ्रमण वर्ष २०२० का प्रदेश समिति सदस्य भाष्कर काफ्ले स्वयं बताउँछन् ।

उनले भ्रमण वर्षको नारामै सीमित भएकोजस्तो देखिएको बताए । सरकारले यहाँका चार पर्यटकीयस्थललाई पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । पर्यटकीय गन्तव्यको भौतिक विकास र प्रवद्र्धनका लागि बजेट नहुँदा प्रचारप्रसारलगायका काममा समस्या भएको काफ्लेको भनाइ छ । सरकारले १०० गन्तव्यमा सूचीकृत गर्दा बाँकेका चार समेटिएका हुन् । चार वटै गन्तव्य सूचीकृत भएपछि तिनीहरुको प्रवद्र्धनका लागि सरकारले बजेट भने उपलब्ध गराएको छैन ।

गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्णलाल चौधरीले सरकारले १०० गन्तव्यको सूचीमा राखे पनि प्रवद्र्धनका लागि बजेट भने नछुट्याएको बताए। “पचास गन्तव्यका लागि बजेट छुट्याएको थाहा छ”, उनले भने, “त्यसमा बाँकेका कुनै पनि गन्तव्य पर्न सकेनन्, नीजि क्षेत्रको पनि यसमा चासो देखिएन ।” सरकारले नेपालगञ्जमा रहेको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर, बैजनाथ गाउँपालिका–१ मा रहेको गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्जलाई स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यका रुपमा राखेको छ भने नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यमा डुडुवा गाउँपालिका–५ को कम्मर शाह मजारलाई सूचीकृत गरेको छ ।

आन्तरिक र बाह्य पर्यटकको केन्द्रका रुपमा रहेका पर्यटकीयस्थल सरकारको गन्तव्यमा सूचीकृत हुनु राम्रो भए पनि प्रवद्र्धन र विकासका लागि बजेट नछुट्याइनु निराशाजनक रहेको गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष चौधरीले बताए । सरकारले प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्र सूचीकृत गरे पनि प्रवद्र्धनका लागि बजेट नदिएको उनको गुनासो छ ।

पर्यटकीयस्थलको प्रवद्र्धन र पूर्वाधारबिना पर्यटक भित्र्याउन सम्भव नहुने बागेश्वरी मन्दिर व्यवस्थापन समितिका सचिव गोपालप्रसाद अधिकारीको भनाइ छ । बागेश्वरी मन्दिरको प्रवद्र्धन गर्न सक्ने हो भने मात्रै ठूलो सङ्ख्यामा धार्मिक पर्यटक भित्र्याउन सकिने उनले बताए । बजेट अभावकै कारण तयारी नहुँदा जिल्लामा पर्यटनको रौनक बढ्न नसकेको उनको भनाइ छ ।

“सरकारले पर्यटन वर्षमा २० लाख पर्यटक भित्र्याउने हो भने उनीहरूलाई लोभ्याउने गन्तव्य तय गरेर त्यसको प्रवद्र्धन हुनुपर्छ”, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले भने, “बाँकेमा रहेको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर, गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्जलगायत पर्यटकलाई आकर्षण गर्ने स्थलसमेत भएकाले प्रवद्र्धन जरुरी छ ।”

जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवको संयोजकत्वमा भ्रमण वर्षका लागि कार्ययोजना बनाउन गठन गरिएको २१ सदस्यीय जिल्ला समितिको बैठकसमेत हालसम्म बसेको छैन । सरकारको तयारी कम भएकाले लक्ष्य हासिल गर्नेमा शङ्का देखिएको गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष चौधरीले बताए ।

डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले पनि कम्मर शाह मजारका लागि सरकारबाट कुनै पनि बजेट उपलब्ध नभएको बताए । “अहिलेसम्म मजारका लागि बजेट कतैबाट पाएका छैनौँ”, अध्यक्ष चौधरीले भने । होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भीम कँडेलले काम गर्न खोज्दा पनि सम्बन्धित निकायको सहयोग नपाएको बताए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

मुख्य खबर

चिठ्ठा पर्‍यो भन्दै ठग्ने ३ जना पक्राउ, बैंक ह्याकिङमा समेत संलग्नता

काठमाडौं : चिठ्ठा परेको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । भाइबर, ...

  • अवैध १३ लाख नेपाली रुपैयाँसहित २ जना पक्राउ
  • नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
  • गृहमन्त्री थापा र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता
  • कांग्रेस पदाधिकारी बैठक आज बस्दै
  • करणी प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ
  • ताजा खबर
  • लोक प्रिय खबर
  • चिठ्ठा पर्‍यो भन्दै ठग्ने ३ जना पक्राउ, बैंक ह्याकिङमा समेत ...

    25 Mangshir 2076 Wednesday 2:26 pm
  • अवैध १३ लाख नेपाली रुपैयाँसहित २ जना पक्राउ

    25 Mangshir 2076 Wednesday 1:48 pm
  • नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

    25 Mangshir 2076 Wednesday 1:43 pm
  • गृहमन्त्री थापा र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता

    25 Mangshir 2076 Wednesday 1:39 pm
  • चेतनाको कमिले उपभोक्ता ठगिने क्रम बढ्दो : मन्त्री भट्ट

    25 Mangshir 2076 Wednesday 1:33 pm
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.