- चीनमा अपेक्षा गरिएभन्दा बढी आर्थिक बृद्धि, चार महिनामा छ दशमलव आठ प्रतिशतले बृद्धि भएको तथ्यांक ...
- एमाले र माओवादी केन्द्रबीच वैशाख नौ गते पार्टी एकता नहुने
- खानेपानीको पाइप खोला तार्ने क्रममा करेन्ट लागेर धादिङमा एकको मृत्यु, ७ घाइते ३ को अवस्था ...
- विराटनगरमा भारतीय दूतावासको सम्पर्क क्याम्पलाई लक्षित गरी बम विस्फोट
- सरकार विरुद्ध यातायात ब्यवसायीको आन्दोलन घोषणा
- एकता संयोजन समितिको बैठक मंगलबार, वैशाख ९ मै एकता हुनेमा अन्यौल
- सुरक्षित मातृत्व विशेष अभियान घोषणा
- शीतयुद्धको ताकाभन्दा पनि खराब परिस्थितिको सामना गरिरहेको रुसको जिकिर
- परराष्ट्रमन्त्री ज्ञवाली चीनको पाँच दिने भ्रमणमा, पुराना सहमति कार्यान्वयनमा पहल गर्ने
- बैशाख ९ गते पार्टी एकता गर्ने गरी माओवादीसँग समझदारीको पहल गर्ने एमालको निर्णय
भोट हाल्न नपाए आन्दोलन गर्ने कर्मचारीको चेतावनी
काठमाडौं । आसन्न मंसिर २१ र १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा निजामती कर्मचारीले आफूहरूलाई मताधिकार गर्नबाट वञ्चित गर्न खोजिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले आज सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरूले संविधानले नै १८ वर्ष पुगेका नागरिकलाई मताधिकार सुनिश्चित गरेको अवस्थामा आफूहरूलाई मतदान गर्नबाट वञ्चित गरिन नहुने तर्क गरे।
युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले हरेक निर्वाचनमा कर्मचारीले मताधिकार प्रयोग गर्न पाएको उल्लेख गर्दै आसन्न निर्वाचनमा पनि मताधिकारको प्रयोग गर्न दिइनुपर्ने माग राखे।
यसपटकको निर्वाचनमा आफूहरूलाई मतदान गर्नबाट वञ्चित गरिए चुप लागेर नबस्ने उनको भनाइ थियो ।
“निर्वाचन कार्यालयलाई कर्मचारीलाई मताधिकार प्रयोग गर्न दिनेबारे पटक पटक जानकारी गराएका छौं,” उनले भने,“पाँच लाख कर्मचारीको अधिकार खोस्न पाइँदैन । हाम्रा मागलाई सम्बोधन नगरे आवश्यक पर्दा आन्दोलन गर्छौं ।”
यसैगरी, नेपाल निजामती कर्मचारी युनियन ९संघ०का कार्यवाहक अध्यक्ष जीतबहादुर मडैले मतदान प्रक्रियामा सहभागी जनाउन लागि आयोगलाई खबरदारी गर्ने बताए।
यसैगरी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावल र नेपाल मधेशी निजामती कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरीले निर्वाचनमा खटिने कर्मचारीलाई मतदानबाट वञ्चित गरे कठोर निर्णय लिइने बताए। रासस