बाजुरा : बाजुराको जगन्नाथ गाउँपालिका वडा न ५ भुवाखोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सदरमुकाम कोल्टीको पिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको बा १ ज २१ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताएको छ ।
मृत्यु हुने जीप मालिक हस्तबहादुर शाहीको मात्र सनाखत भएको छ भने चालकको नाम खुल्न सकेको छैन । जीपमा सवार १५ जनामा २ जना सकुसल रहेका छन् । जीप उकालोमा चढ्न नसकेर सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।