Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क/Contact
  • धनुषा बम विस्फोटमा संलग्नलाई कारबाही हुन्छ : गृहमन्त्री थापा
  • सभापति देउवाले थाले सहमतिका लागि पहल, असन्तुष्ट नेता पौडेलसँग छलफल
  • सेना चढेको बस दुर्घटना, ३० जना घाइते
  • भारतमा हालै पारित नागरिकता विधेयकप्रति राष्ट्रसंघको चिन्ता
  • नेकपा सचिवालय बैठक आज बस्दै
  • ए डिभिजन लिग आजदेखि शुरु हुँदै
  • धनुषामा बम विष्फोट हुँदा प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु
  • वर्षामा रुझ्दै पदक बिजेता खेलाडीकाे नगरपरिक्रमामा
  • काठमाडौं महानगरपालिकाले सडकमानवमुक्त अभियानको घोषणा गर्दै
  • राहुल गान्धीविरुद्ध संसदमा महिला सांसदहरुले गरे नारावाजी
गृह पृष्‍ठ / मुख्य खबर

फ्राईडे रिलिज : ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’को भिडन्त, कसले मार्ला बाजी ?

3 Jestha 2076 Friday   8:23 am प्रतिकृया दिनुहोस

काठमाडौं : करीब साढे २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । दुवै फिल्मप्रति दर्शकमा ठूलो अपेक्षा छ । आफ्नो फिल्मले राम्रो दर्शक तान्नेमा दुवै फिल्मका निर्देशक विश्वस्त देखिन्छन् । कुन फिल्मले बाजी मार्ला त्यो त फिल्मको प्रदर्शनको केही दिन त कुर्नै पर्छ ।

फिल्म ‘जात्रै जात्रा’को पहिलो फिल्म ‘जात्रा’ले व्यावसायिक र समीक्षात्मक सफलता हात पारेको थियो । सिक्वेलले यो विरासत धान्न सक्ला वा नसक्ला ? धेरैका लागि चासोको विषय बनेको छ । फिल्मका निर्देशक प्रदीप भट्टराई हुन् । मल्टीप्लेक्सहरुमा पाएको सोज संख्या हेर्दा यो फिल्मले बक्सअफिसमा बम्पर व्यापार गर्ने देखाउँछ । फिल्मले राजधानी भित्र र बाहिरका अधिकांश मल्टीप्लेक्सहरुमा उच्च सोज हात पारेको छ ।

बुधवार साँझबाट नै मल्टीप्लेक्समा फिल्मको बुकिङ खुल्ला गरिएको थियो । अग्रिम बुकिङमा फिल्मलाई क्यूएफएक्स चेनले राजधानीको ५ स्टेशनमा १९ सोज बाँडेको छ । यस्तै, मोफसलतर्फ क्यूएफएक्सको पोखराको सिनेप्लेक्स हलमा ४ शो, चितवनको जलमा हल, नेपालगन्जको बाग्गेश्वरी हल र विर्तामोडको हलमा फिल्मले ३–३ सोजमा आफ्नो उपस्थिति जनाउँदै छ ।

यस्तै, राजधानीमा सञ्चालित अन्य मल्टीप्लेक्स हलहरुले क्यूज सिने र सिडिसी सिनेमाले फिल्मलाई ५–५ शो बाँड्दा बिग मुभिज, एफक्यूब, र विएसआर मुभिजले समान्तर ४ शो प्रदान गरेका छन् । फिल्ममा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउतलगायतका कलाकारहरुको अभिनय छ ।

त्यस्तै यो फिल्मसँग एकसाथ प्रदर्शनमा आएको अभिनेता पल शाह स्टारर फिल्म ‘बीर विक्रम २’ ले जात्रै जात्राको तुलनामा केही कम सोज पाएपनि मल्टीप्लेक्सहरुमा राम्रै सोज पाएको छ । क्यूएफएक्स चेनले राजधानीको ५ स्टेशनमा फिल्मलाई १२ सोज प्रदान गरेको छ । अन्य मल्टीप्लेक्सहरुले पनि फिल्मलाई राम्रो सोज दिएका छन् ।

फिल्म ‘वीर विक्रम २’ लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । यो फिल्ममा प्रदीप भारद्वाजको कथा छ भने पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई वीर र विक्रमको मित्रताको कथा भनिएको छ । फिल्मले हिमाली गाउँको कथालाई कथानक बनाइएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

मुख्य खबर

धनुषा बम विस्फोटमा संलग्नलाई कारबाही हुन्छ : गृहमन्त्री थापा

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले धनुषा बम विस्फोटको घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ...

  • सभापति देउवाले थाले सहमतिका लागि पहल, असन्तुष्ट नेता पौडेलसँग छलफल
  • सेना चढेको बस दुर्घटना, ३० जना घाइते
  • भारतमा हालै पारित नागरिकता विधेयकप्रति राष्ट्रसंघको चिन्ता
  • नेकपा सचिवालय बैठक आज बस्दै
  • ए डिभिजन लिग आजदेखि शुरु हुँदै
  • ताजा खबर
  • लोक प्रिय खबर
  • धनुषा बम विस्फोटमा संलग्नलाई कारबाही हुन्छ : गृहमन्त्री थापा

    28 Mangshir 2076 Saturday 12:28 pm
  • सभापति देउवाले थाले सहमतिका लागि पहल, असन्तुष्ट नेता पौडेलसँग छलफल

    28 Mangshir 2076 Saturday 12:01 pm
  • सेना चढेको बस दुर्घटना, ३० जना घाइते

    28 Mangshir 2076 Saturday 11:26 am
  • भारतमा हालै पारित नागरिकता विधेयकप्रति राष्ट्रसंघको चिन्ता

    28 Mangshir 2076 Saturday 11:21 am
  • नेकपा सचिवालय बैठक आज बस्दै

    28 Mangshir 2076 Saturday 11:09 am
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.