काठमाडौं । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले प्रदेश प्रमुख हटाउने बिषय कार्य क्षमता र मुल्याङ्कनका आधारमा तय हुने बताएका छन ।
संसद भवन नयाँ बानेश्वरमा शुक्रबार सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री तामाङले कार्य मुल्याङ्नका आधारमा सरकारले चाडै उपयुक्त निर्णय लिने बताए । उनले प्रदेश प्रमुखहरूको नियुक्ति पनि राजनीतिक नियुक्ति भएको स्पष्ट पारे ।
मन्त्री तामाङले डाक्टर गोविन्द केसीको उपचारमा सरकारले कुनै कमी हुन नदिने भन्दै काठमाडौ ल्याएर भएपनि उपचार गरिने जानकारी दिए ।