Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्दै
  • डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै
  • सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली
  • विद्यालय शिक्षकको मापदण्ड तोकियो, ५ वर्षभित्र याेग्यता पुर्‍याउनै पर्ने
  • संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट
  • बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो
  • पाँच मन्त्रीले लिए दोहोरो सुविधाः इन्धनबापतको रकम खल्तीमा, मन्त्रालयबाट तेल
  • अश्लील सामग्री राखेको आरोपमा बंगलादेशमा २० हजार वेबसाइट बन्द
  • परिवारबाटै असुरक्षित महिला, एक वर्षमा १२० जनाको हत्या
  • युरोपमा प्रजातन्त्र दिवस भव्य रुपमा मनाइयो
गृह पृष्‍ठ / मनोरन्जन खबर

नोबेल अस्पताल सञ्चालक एवं समाजसेवी डा.शर्मालाई सम्मान 

20 Jestha 2075 Sunday   10:13 pm प्रतिकृया दिनुहोस

बिराटनगर । स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत बिराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई सम्मान गरिएको छ ।

सुलभ मिडिया प्रा.लि.द्वारा सञ्चालित मकालुखबर अनलाईनको प्रथम बार्षिकोत्सवको अवसर पारेर राजधानीमा डा.शर्मालाई सम्मान गरिएको हो ।  कार्यक्रममा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री गिरीराजमणी पोख्रेल र मकालुखबरका अध्यक्ष फिलिप डिसीले सम्मानपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।

स्वास्थ्य सेवाबाट बञ्चित नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा तथा निःशुल्क स्वास्थ्य शिक्षा उपलब्ध गराएर उदाहरणीय काम गरेकाले डा.शर्मालाई सम्मान गरिएको मकालुखबरका प्रधान सम्पादक केशव सापकोटाले जानकारी दिए ।

सम्मानित भएपछि बोल्दै डा.शर्माले आफु सामाजिक काममा बामे सर्दै गरेकाले अझै समाजसेवामा समर्पित भएर लाग्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

कार्यक्रममा डा.शर्मासँगै शिक्षासेवी जोर्ज जोन, महिला अधिकारबादी नेतृ भगवती चौधरी र संगीतकार शक्ति बल्लभलाई पनि सम्मान गरिएको थियो ।  डा.शर्माद्वारा सञ्चालित नोबेल अस्पतालले २०७४ सालको अवधिमा मात्रै १ लाख ३ हजार ५ सय ४२ बिरामीलाई निःशुल्क उपचार गरेको छ ।

अस्पतालबाट ५५ हजार ९ सय ५९ बिरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० मुल्य वरावरको निःशुल्क उपचार गरिएको छ भने पूर्वका बिभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरी ४७ हजार ५ सय ८३ बिरामीलाई निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

२०६१ सालमा स्थापना भएको नोबेल अस्पतालले बिपन्न विरामीलाई दैनिक करिव ५ लाख वरावरको निःशुल्क उपचार गर्ने गरेको छ । नोबेलले पूर्वका बिभिन्न जिल्लामा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी विपन्न विरामीलाई निःशुल्क उपचार गर्दै आएको छ ।

झापाको दमक स्थित दुम्सेमा २०३४ पुस २२ गते वुवा लोकनाथ र आमा होमादेवी न्यौपानेको कोषबाट जन्मिएका डा.सुनिल शर्मा सामाजिक ब्यक्तिका रुपमा स्थापित छन् ।

स्वास्थ्य क्षेत्रमा प्रसिद्ध बिराटनगरको नोबेल शिक्षण अस्पतलका सञ्चालकसमेत रहेका डा.शर्माले जिवनमा अनेकौं दुःख कष्ट झेल्दै यो अवस्थामा आईपुगेका हुन् ।   आफुले जिवनमा भोगेका दुःख कष्टका कारण उनी गरिब र असहायलाई सहयोग गर्नुपर्छ भनेर सहयोगी भावनाले अघि बढिरहेका छन् ।

सामाजिक र आर्थिक रुपमा स्थापित भएपछि उनी अहिले दुःखी गरिवको सेवामा समर्पित भएका हुन् । बाल्यकालमा रिक्सा कुदाउँने, क्यारेमवोर्ड खेलाउँने र हाँस बेच्ने जस्ता कठिन काम एवं कठोर संघर्ष गरेका डा.शर्मा सोहि मेहनतका कारण अहिले सफल ब्यक्तिका रुपमा उदाहरणीय बनेका छन् ।

डा.शर्माले हजारौं बिपन्न बिरामीलाई निःशुल्क उपचार गरेर ज्यान बचाउँनुका साथै लाखौं बिरामीलाई निःशुल्क उपचार गराएका छन् । शिक्षाबाट बञ्चित दयनीय आर्थिक अवस्था र सामाजिक उत्पीडनमा पारिएका जातिका सयौं बिद्यार्थीलाई निःशुल्क स्वास्थ्य शिक्षा उपलब्ध गराएर डा.शर्माले उनीहरुको जिवनमा परिवर्तन ल्याईदिएका छन् ।

डा.शर्माकै कारण नेपालमै पहिलोपटक सतार समुदायका युवाले एमवीवीएस उत्रिर्ण गरी डाक्टर बन्ने अवसर पाएका छन् । उनले आफ्नै लगानीमा चमार, डुम, झागड, मुसहर जस्ता जातिलाई निःशुल्क स्वास्थ्य शिक्षा पढाएका छन् ।

निरन्तर सामाजिक सेवामा समर्पित डा.शर्मा अहिले समाज र राष्ट्रकै लागि उदाहरणीय ब्यक्तिको रुपमा स्थापित बनेका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

मनोरन्जन खबर

यस्तो छ पशुपति शर्माले राजनीतिक दबाबपछि हटाएको गीत (भिडियो)

काठमाडौं : गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत उनले आफ्नो युट्युब च्यानलबाट हटाइएका छन् । सत्तारूढ दलका नेताहरूले ...

  • पशुपति शर्माले ‘लुट्‍न सके लुट कान्छा’ बोलको गीत किन हटाए युट्युवबाट ?
  • वर्षा राउत र संजोगले गरे इन्गेजमेन्ट
  • चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलको राजीनामा
  • रहेनन् वरिष्ठ कलाकार बीएस राणा
  • साहित्यकार माेहनराज शर्माको निधन
  • ताजा खबर
  • लोक प्रिय खबर
  • सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्दै

    8 Falgun 2075 Wednesday 8:30 am
  • डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै

    8 Falgun 2075 Wednesday 8:26 am
  • सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली

    8 Falgun 2075 Wednesday 8:21 am
  • विद्यालय शिक्षकको मापदण्ड तोकियो, ५ वर्षभित्र याेग्यता पुर्‍याउनै पर्ने

    8 Falgun 2075 Wednesday 8:15 am
  • संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट

    8 Falgun 2075 Wednesday 8:05 am
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.