Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्दै
  • डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै
  • सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली
  • विद्यालय शिक्षकको मापदण्ड तोकियो, ५ वर्षभित्र याेग्यता पुर्‍याउनै पर्ने
  • संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट
  • बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो
  • पाँच मन्त्रीले लिए दोहोरो सुविधाः इन्धनबापतको रकम खल्तीमा, मन्त्रालयबाट तेल
  • अश्लील सामग्री राखेको आरोपमा बंगलादेशमा २० हजार वेबसाइट बन्द
  • परिवारबाटै असुरक्षित महिला, एक वर्षमा १२० जनाको हत्या
  • युरोपमा प्रजातन्त्र दिवस भव्य रुपमा मनाइयो
गृह पृष्‍ठ / देशभित्रका खबर

नेपाली सेनाले शिवरात्रिका अवसरमा मंगलबार मुलुकभर सेना दिवस मनाउँदै

29 Magh 2074 Monday   9:54 pm प्रतिकृया दिनुहोस

काठमाडौँ-मुलुकको प्रमुख सुरक्षा अंगको रुपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा मंगलबार मुलुकभर सेना दिवस मनाउँदै छ ।

सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा मंगलबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ तथा सैनिक कला प्रदर्शनीमा प्रमुख अतिथिका रुपमा सहभागी रहनेछ।

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा सैनिक सामग्रीको प्रदर्शनीदेखि परेड (शस्त्राभ्यास), प्यारा जम्प, कवाज तथा तोप बढाइँसम्मका विविध कार्यक्रम हुनेछन् ।

नेपाली सेनाको ब्याण्डले भारतीय र बेलायती सेनाको गोर्खा ब्याण्डसँग मिलेर संयुक्तरुपमा गीति नाट्य प्रस्तुत गर्नुका साथै उक्त कार्यक्रम समापनको अवसरमा आतशवादीसमेत गरिने छ । उक्त समारोह अपराह्न ५ बजे शुरु भई करिब साँझ ७ बजेसम्म चल्ने छ ।

नेपाल एकीकरणको २५० वर्षगाँठका सन्दर्भमा हुन लागेको यस वर्षको सेना दिवस समारोहमा विशेष अतिथिका रुपमा भारतीय सेनाध्यक्ष विपीन रावतलाई आमन्त्रण गरिएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो । सेनाध्यक्ष रावत नेपाली सेनाको मानार्थ महारथी छन्।

सैनिक मुख्यालय जंगीअड्डा मातहतका पृतना, बाहिनी, गण, गुल्ममा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना हुनेछन् । सेना दिवसकै उपलक्ष्यमा जंगी अड्डामा बुधबार साँझ सांस्कृतिक कार्यक्रमसहित विशेष समारोह आयोजना हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी राख्दै आएको छ । नेपाली सेनाकै वीरताका कारण दक्षिण एशियामा नेपाल मात्र उपनिवेश हुनबाट जोगिएको इतिहास छ ।

वर्तमान सेनाको सांगठनिक स्वरुपको शुरुवात १८१९ सालदेखि भएको हो । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि शुरु भएकामा हालसम्म ४२ मिसन रही करिब एक लाख १९ हजार २०७ भन्दा बढी सैनिकबाट योगदान भइसकेको छ ।

विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ खटिँदा ६३ सैनिकको बलिदान भइसकेको छ भने सोही संख्यामा घाइते छन् । नेपाली सेनाको जिम्मेवारीले अहिले राष्ट्रिय सुरक्षाको अतिरिक्त द्रुतमार्ग निर्माणदेखि विश्वशान्ति स्थापनासम्मका जिम्मेवारी पाएको छ ।

सबैभन्दा बढी चर्चामा रहेको राष्ट्रिय गौरवको महत्वकांक्षी आयोजना द्रुतमार्ग निर्माण नेपाली सेनाको व्यवस्थापनमा अहिले अघि बढिसकेको छ । सेनाले द्रुतमार्गको जिम्मेवारीलाई निकै ठूलो अवसर र चुनौतीका रुपमा लिँदै निर्धारित समयमै पूरा गरेर विकास निर्माणमा पनि कीर्तिमानी कायम गर्ने अठोट गरेको छ ।

संयुक्त राष्ट्रसंघमार्फत विश्वका विभिन्न मुलुकमा स्थापना भएका १३ वटा शान्ति मिसन शिविरमा चार हजार ८३४ को संख्यामा नेपाली सैनिक अहिले तैनाथ छन् ।

हाल नेपाली सेना कङ्गो, लाइबेरिया, दक्षिण सुडान, सुडान, मरोक्को, इजरायल, लेवनान, माली, सिरिया, सेन्टर अफ्रिकन गणतन्त्र, इराक र लिबियामा शान्ति सेनाका रुपमा परिचालित छ । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको कोटीमा नेपाल छैटौँ स्थानमा छ ।

सेना र हातहतियार उत्पादन र प्रयोगको दृष्टिले विश्वका अत्यन्त शक्तिशाली र अन्य मुलुकका सेनाका लागिसमेत अहिले नेपाली सेनाको संगठन, पेशागत क्षमता र दक्षता पाठशाला बन्दै गएको छ ।

विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच पछिल्लो समय शान्ति सेनाका रुपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ । नेपाली सेनाको हालको जनशक्ति झण्डै ९५ हजारको हाराहारीमा छ ।

पछिल्ला समयमा नेपाली सेनाले मुलुकभित्र विपद् व्यवस्थापन, प्रकृति संरक्षण र सडक विस्तारलगायतका पूर्वाधार निर्माणमा भरपर्दाे छवि स्थापित गर्न सफल भएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षेत्री भन्छन्, ‘नेपाली सेना राष्ट्रको पहरेदार र राष्ट्रिय एकताको प्रतिविम्बका रुपमा आफ्नो कर्तव्यपथमा अडिग रही सदैव नेपाल र नेपालीको सेवामा समर्पित रहने छ ।

देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको रक्षाका लागि पूर्वजले देखाएको वीरताका गाथा नेपालको इतिहासका पानामा स्वर्णिम अक्षरले लेखिएको छ ।”– उनी भन्छन्।

राजनीतिक हस्तक्षेत्रबाट मुक्त संगठनका रुपमा रहेको नेपाली सेना सबै जातजातिको साझा फूलबारीका रुपमा रहेको छ । पोदारदेखि क्षत्रीसम्म २०६ थर र जातजाति रहेको यो संगठनमा विविधताभित्र एकता देखिन्छ । पछिल्लो समय नेपाली सेनामा महिला जनशक्तिको सहभागितामा पनि उल्लेख्यरुपमा वृद्धि हुँदै गएको छ ।

राष्ट्रिय सुरक्षासँगै नागरिकसँगको सम्बन्धलाई बलियो बनाउने तथा मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् गर्ने कार्यलाई नेपाली सेनाले प्राथमिकतामा राखेर काम गर्दै आएको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

देशभित्रका खबर

सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्दै

काठमाडौं : सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकको विरोधमा आन्दोलनरत सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्ने भएका छन् । आफूहरुको माग ...

  • विद्यालय शिक्षकको मापदण्ड तोकियो, ५ वर्षभित्र याेग्यता पुर्‍याउनै पर्ने
  • संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट
  • बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो
  • पाँच मन्त्रीले लिए दोहोरो सुविधाः इन्धनबापतको रकम खल्तीमा, मन्त्रालयबाट तेल
  • परिवारबाटै असुरक्षित महिला, एक वर्षमा १२० जनाको हत्या
  • ताजा खबर
  • लोक प्रिय खबर
  • सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्दै

    8 Falgun 2075 Wednesday 8:30 am
  • डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै

    8 Falgun 2075 Wednesday 8:26 am
  • सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली

    8 Falgun 2075 Wednesday 8:21 am
  • विद्यालय शिक्षकको मापदण्ड तोकियो, ५ वर्षभित्र याेग्यता पुर्‍याउनै पर्ने

    8 Falgun 2075 Wednesday 8:15 am
  • संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट

    8 Falgun 2075 Wednesday 8:05 am
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.