- चीनमा अपेक्षा गरिएभन्दा बढी आर्थिक बृद्धि, चार महिनामा छ दशमलव आठ प्रतिशतले बृद्धि भएको तथ्यांक ...
- एमाले र माओवादी केन्द्रबीच वैशाख नौ गते पार्टी एकता नहुने
- खानेपानीको पाइप खोला तार्ने क्रममा करेन्ट लागेर धादिङमा एकको मृत्यु, ७ घाइते ३ को अवस्था ...
- विराटनगरमा भारतीय दूतावासको सम्पर्क क्याम्पलाई लक्षित गरी बम विस्फोट
- सरकार विरुद्ध यातायात ब्यवसायीको आन्दोलन घोषणा
- एकता संयोजन समितिको बैठक मंगलबार, वैशाख ९ मै एकता हुनेमा अन्यौल
- सुरक्षित मातृत्व विशेष अभियान घोषणा
- शीतयुद्धको ताकाभन्दा पनि खराब परिस्थितिको सामना गरिरहेको रुसको जिकिर
- परराष्ट्रमन्त्री ज्ञवाली चीनको पाँच दिने भ्रमणमा, पुराना सहमति कार्यान्वयनमा पहल गर्ने
- बैशाख ९ गते पार्टी एकता गर्ने गरी माओवादीसँग समझदारीको पहल गर्ने एमालको निर्णय
नेपाली भाषाको शब्दकोषमा भएको त्रुटि छानविन गर्न प्रज्ञा प्रतिष्ठानद्वारा समिति गठन
नेपाल प्रज्ञा प्रतिष्ठानले आफूले प्रकाशन गरेको शब्दकोशमा नै भाषा बिगारिएको आरोप लागेपछि छानबिन गर्न समिति गठन गरेको छ । प्रतिष्ठानको प्राज्ञ परिषदको बैठकले प्रा.डा. चुडामणि बन्धुको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समिति सदस्यहरुमा प्रा. डा. नोवलकिशोर राई र सहप्राध्यापक हेमनाथ पौडेल छन् । समितिलाई दुई हजार चालिस सालदेखि प्रकाशित नेपाली बृहत शब्दकोशका बिभिन्न संस्करणहरु परिवर्तन र परिमार्जन गर्दा नियम विपरित के कस्ता प्रयोग गरिएका छन् र यसरी परिमार्जन गर्दा छुटाइएका शब्दहरु खोजी गर्ने कार्यादेश दिइएको प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उपकुलपति उप्रेतीले शब्दकोषमा भएको त्रुटी बारे बिस्तृत अध्ययन गर्न समिति गठन गरिएको बताए । नेपालमा पहिलो पटक संस्थागत रुपमा दुई हजार चालिस सालमा नेपाली बृहत शब्दकोश तयार पारिएको थियो । यसयता शब्दकोष ९ पटक परिमार्जन भएको छ ।।