काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाई बहुमत प्राप्त सरकारको पक्षमा भूमिका खेल्न आफू भारत भ्रमणमा गएको बताएका छन् । चारदिने भारत भ्रमण सकेर फर्कने क्रममा अन्तराष्ट्रिय बिमानस्थलमा पत्रकारहरुसँग अध्यक्ष दाहालले नेपालमा धेरैबर्षपछि स्थिर सरकार बनेको भन्दै बिकास निर्माणको प्राथमिकतामा भ्रमण भएको बताएका हुन् ।
उनले बिगतमा भारतसँग गरिएका समझदारी कार्यान्वयनमा सहयोग पु¥याउन भारत भ्रमणमा गएको दाबी गरे । अध्यक्ष दाहालले आफनो भारत भ्रमण सफल भएको बताए । उनले मन्त्री हेरफेरको बिषय प्रधानमन्त्री केपी ओलीले भने सरह भएको बताए ।
अध्यक्ष दाहालले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराज, पुर्वप्रधानमन्त्री मनमोहन सिंह, गृहमन्त्री राजनाथ सिंहलगायतसँग भेटवार्ता गरेका थिए । भारत भ्रमणपछि उनी असोज १ गते चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।