ललितपुर। ललितपुरकी ५ वर्षीया निहिरा बज्राचार्य नयाँ कुमारीका लागि छानिएकी छिन् । ललितपुरको हखाबहालमा रहेको रत्नाकर महाबिहारमा सोमबार छनोट टोलीले बज्राचार्यलाई नयाँ कुमारीका रुपमा चयन गरेको हो ।
शास्त्र, ज्योतिष र भौतिक शरिरको आधारमा निहिरा कुमारीका लागि योग्य देखिएको छनौट समितिले जनाएको छ । अहिले कि कुमारी युनिका बज्राचार्य रजश्वला भएपछि नयाँ कुमारी चयन गरिएको हो ।
आगामी फागुन ५ गते निहिरालाई कुमारीका रुपमा प्रतिस्थापन गर्ने कार्यक्रम छ । शाक्य र बज्राचार्य कूलका बालिकालाई कुमारीको रुपमा चयन गरी पूज्ने प्रचलन छ ।