Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्दै
  • डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै
  • सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली
  • विद्यालय शिक्षकको मापदण्ड तोकियो, ५ वर्षभित्र याेग्यता पुर्‍याउनै पर्ने
  • संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट
  • बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो
  • पाँच मन्त्रीले लिए दोहोरो सुविधाः इन्धनबापतको रकम खल्तीमा, मन्त्रालयबाट तेल
  • अश्लील सामग्री राखेको आरोपमा बंगलादेशमा २० हजार वेबसाइट बन्द
  • परिवारबाटै असुरक्षित महिला, एक वर्षमा १२० जनाको हत्या
  • युरोपमा प्रजातन्त्र दिवस भव्य रुपमा मनाइयो
गृह पृष्‍ठ / मुख्य खबर

निर्मला हत्या प्रकरण : थप ४ जनाको डीएनए पनि मिलेन

30 Kartik 2075 Friday   12:17 pm प्रतिकृया दिनुहोस

काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा थप अनुसन्धानका क्रममा प्रहरीले संकलन गरेको ४ जनाको डीएनए परीक्षण नेगेटिभ देखिएको छ । कञ्चनपुरका डिएसपी कृष्ण ओझाले उनीहरुको डिएनए मेल नखाएको जानकारी गराए । निर्मलाको भेजिनल स्वाबमा भेटिएको वीर्यसँग यी ४ जनाको डीएनए नमिलेको हो ।

चारैजना भीमदत्तनगरपालिका २ र १८ नम्बर वडाका भएको बताइएको छ । प्रहरीले उनीहरुको नामभने गोप्य राखेको थियो । प्रहरीले निर्मला हत्याकाण्डको अनुसन्धानका क्रममा यसअघि नै दिलिपसिंह विष्टसँगै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट उनका छोरा किरण विष्ट, स्थानीय आयुस विष्ट र चक्र बडुको समेत डीएनए परीक्षण गराएको थियो ।

निर्मलाको शरीरमा भेटिएको ‘भजाइनल स्वाब’ सँग डीएनए ‘म्याच’ गरेको थिएन । तत्कालीन कञ्चनपुर प्रहरीले मुख्य अभियुक्तका रुपमा गत भदौ ४ गते दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

डीएनए नमिल्दा प्रहरीलाई अनुसन्धानमा थप सकस भएको छ । गत साउन १० गते साथी रोशनी वमको घरमा निस्किएकी भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त साउन ११ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

यता छोरी निर्मलालाई न्यायको माग गर्दै गत आइतबारदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसेका बाबु र आमा बिरामी परेका छन् ।  पारिवारिक स्रोतका अनुसार चिसोका कारण दुवै जनाको स्वास्थ्य अवस्था बिग्रिएको छ भने बाबु निकै नै अस्वस्थ भएका छन् । उनीहरु धर्नामा बसेको  शुक्रबार छैठौं दिन हो ।

चिसोका कारण निर्मलाका बाबु यज्ञराजलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ । आमा दुर्गादेवीको पनि स्वास्थ्य अवस्था कमजोर भएको परिवारका सदस्यहरुले बताएका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

मुख्य खबर

सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्दै

काठमाडौं : सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकको विरोधमा आन्दोलनरत सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्ने भएका छन् । आफूहरुको माग ...

  • डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै
  • सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली
  • विद्यालय शिक्षकको मापदण्ड तोकियो, ५ वर्षभित्र याेग्यता पुर्‍याउनै पर्ने
  • संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट
  • बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो
  • ताजा खबर
  • लोक प्रिय खबर
  • सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्दै

    8 Falgun 2075 Wednesday 8:30 am
  • डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै

    8 Falgun 2075 Wednesday 8:26 am
  • सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली

    8 Falgun 2075 Wednesday 8:21 am
  • विद्यालय शिक्षकको मापदण्ड तोकियो, ५ वर्षभित्र याेग्यता पुर्‍याउनै पर्ने

    8 Falgun 2075 Wednesday 8:15 am
  • संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट

    8 Falgun 2075 Wednesday 8:05 am
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.