काठमाडौं : सवारी साधनहरुको प्रदर्शनी र बिक्री मेला नाडा अटो शो आजवाट काठमाडौंमा शुरु हुँदैछ । अटोमोवाइल्स एशोसिएसन् अफ नेपाल र ग्लोवल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने मेला छ दिनसम्म चल्नेछ ।
मेलामा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्राण्डका २ पाङग्रे सवारीसाधनहरू प्रदर्श्निमा राखिने आयोजकले जानकारी दिएका छन । त्यसैगरी आयातकर्ता, डिलर, उत्पादक तथा विक्रेता गरी यो वर्ष ७१ कम्पनीको सहभागिता रहने नाडाले जनाएको छ ।
मेलामा सवारीसाधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसेरिजलगायत नेपालमै उत्पादित सामग्री रहने छन् । यसपटक १ सय ३४ वटा स्टलहरु राखिएका छन् ।
सवारीसाधन तथा त्यसका सामग्र ससम्बन्धी जानकारी एकै थलोमा उपलब्ध गराई नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचारप्रसार गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो ।