- बलात्कारको मुद्दामा आशाराम दोषी ठहर
- आर्मीको सेमिफाइनल यात्रामा नवयुग र भरतको पनि गोल
- चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर ५.८९ %, प्रतिब्यक्ति आय १ हजार डलर नाघ्यो
- एक महिनामा तीन दर्जन बलात्कृत
- सुन तस्करी काण्डमा संलग्न चिनियाँ नागरिक पक्राउ
- सार्वजनिक सरोकारका बिषयमा मात्र सुचनाको हक : प्रधानमन्त्री ओली
- उस्तै देखिने तर बलियो धरहरा निर्माण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
- नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी बनाइने
- चर्को शुल्क फिर्ता गर्न माग गर्दै शिक्षा विभागमा धर्ना
- मृगौला प्रत्यारोपण गर्न रकम अभाब
नयाँ शक्ति र संघीय समाजवादी फोरम एकीकरणको प्रक्रियामा
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति नेपाल पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकीकरण प्रक्रिया सुरु भएको छ ।
भट्टराई र यादवले आज संयुक्त विज्ञप्ति जारी गर्दै दुई पार्टी एकीकरणका लागि ‘पार्टी एकता संयोजन समिति’ गठन गरिएको जनाएका हुन् ।
समितिमा भट्टराई र यादवका साथै संघीय समाजवादी पार्टीका नेता अशोक राई पनि छन् ।
‘समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकतालाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्याउने सहमति भएको’ संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा संघीय गठबन्धन, मधेशी मोर्चा र ६८ दलीय संयुक्त संघर्ष समितिले अघि सारेका माग सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह पनि गरिएको छ ।