सरकारी स्वामित्वको दुग्ध बिकास संस्थान डीडीसीले आजदेखि लागुहुने गरि मुल्य बढाएको छ । आजदेखि उपभोक्ताले प्रशोधित दुधको प्रतिलिटर ६ देखि ८ रुपैंयाको दरले बढी तिर्नुपर्छ । डीडीसी संचालक समितिले आजदेखि लागु हुने गरी दुधको मुल्य बढाएको हो । किसानहरुले दुधको लागत बढेकाले मूल्य बढाउन आन्दोलन थालेकाले डीडीसीले मूल्य बढाउन परेको जनाएको छ । डीडीसीका अनुसार उपभोक्ताहरुले रु २५ मा किन्दै आएके आधा लिटर स्ट्यान्र्डड दुध निलो प्याकेटको २८ रुपैया र ३० रुपैयामा बिक्री हुदै आएको हरियो रंगको फूल क्रिम मिल्क आधा लिटरलाई ३४ रुपैया तिर्नुपर्नेछ । बढाइएको रुपैया मध्यबाट ६९ प्रतिशत अर्थात ४ रुपैया १५ पैसा किसानलाइ दिइनेछ भने १ रुपैया ८५ पैसा अर्थात ३१ प्रतिशत डीडीसीले पाउनेछ ।३१ प्रतिशत मध्यबाट बुथ कमिसन १७ पैसा बृद्धि गरिएको छ ।