काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाको गाडीले ठक्कर दिँदा कोटेश्वरमा एक पैदलयात्रीको मृत्यु भएको छ । गएराति कोटेश्वरको आकाशे पुल नजिकै ट्राफिक महाशाखाको बा१झ ७८६६ नम्बरको गाडीले ठक्कर दिँदा एक जनाको ज्यान गएको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीले बताए ।
राति साढे १० बजे एक पुरुषलाई गाडीले ठक्कर दिएको थियो । उनको उपचारको क्रममा बुधबार बिहान ट्रमा सेन्टरमा ज्यान गएको हो । उनको परिचय खुल्न सकेको छैन । प्रहरीले ठक्कर दिने ट्राफिकको गाडी र चालक विनोदकुमार रेग्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।