नवलपरासी : पूर्वी नवलपरासीको पूर्व पश्चिम राजमार्गमा पर्ने अरुणखोलामाथिको पुल ट्रकको ठक्करका कारण भासिएको छ । पुल भासिएपछि सवारी आवागमन अवरुद्ध भएको छ ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ ख ४७१ नम्बरको ट्रकले बुधबार बिहान ठक्कर दिँदा पुल भासिएको हो । ट्रकले बायाँ साइडमा ठक्कर दिँदा पुलको दक्षिणतर्फको भाग डेढ मिटर गहिरो भासिएको छ ।
पुल भासिएपछि प्रहरीले ठूला सवारी साधन आवतजावतमा रोक लगाएको छ । आवागमनमा रोकिएपछि सयौं सवारी साधन तथा यात्रु जाममा फसेका छन् । साना सवारी साधन भने चलिरहेका छन् ।
पुलमा रहेको ट्रक हटाएर वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको छ । मध्यविन्दु नगरपालिकाअन्र्तगत अरुणखोला पुलमा बुधबार बिहान ४ बजे ट्रक ठोक्किएको हो ।