झापा : झापास्थित चारवटा उद्योगका खानेपानीमा कोलिफर्म भेटिएपछि उद्योग बन्द गरेर उत्पादित पानीको बिक्रि वितरण रोक्न पत्राचार गरियो । तर अनुगमनको ६ दिनसम्म पनि अखाद्य पानीको बिक्रि बितरण जारी राखेर उपभोक्ता स्वास्थ्यमाथी खेलवाड गरेको बारे न अनुगमन टोलीले सुईको पायो न त प्रदेश सरकारले नै चासो देखाएको छ ।
मानव स्वास्थ्यका लागि घातक कोलिफर्म पाइएका झापाका पानी उद्योग बन्द गर्न र उत्पादित पानीको बिक्री वितरण रोक लगाउन सामाजिक विकास मन्त्रालयले खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालयलाई पत्र थमाएको ६ दिन बित्यो । तर अहिलेसम्म प्रतिबन्धित खानेपानी बजारमा छ्यापछ्याप्ती भेटिदा उपभोक्ता जोखिममा छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
अनुगमनमा सामाजिक विकास मन्त्रीले नै सक्रियता देखाएपछि झापाका पानी उद्योगको कतुत बाहिर आएको थियो । तर उपभोक्तामाथी खेलवाड गर्ने उद्योगी माथीको प्रतिबन्ध भने कार्यान्वयन हुन सकेन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगर पनि चारवटै उद्योगलाई पानीको गुणस्तर कायम गरेपछि मात्रै उद्योग सञ्चालन गर्न पत्राचार गरेको बताउँछ ।
तर अहिलेसम्म उद्योग बन्द भएका छैनन । बरु कोलिफर्म भेटिएका बिर्तामोडस्थित देवी पाथीभरा इण्डष्ट्रिजबाट उत्पादित लाइफलाइन, प्रकाश वेभरेजबाट उत्पादित लाइफ केयर, वुद्धशान्ति गाउँपालिका–३ स्थित भगवती वेभरेजबाट उत्पादित ओ–एक्वा र मेचीनगर नगरपालिका–६ स्थित अक्वाटप मकालु मिनिरल वाटर उद्योगबाट उत्पादित मकालु ब्राण्डको पानी बजारमा खुलेआम बिक्रि हुँदा जोखिम बढिरहेको छ ।
अनुगमनको कारबाही कार्यान्वयन भए नभएको हेर्न चुकेका खाद्य निरिक्षकहरु भाखा राखेर अनुगमन गर्ने खाद्य निरिक्षक दिनेश ढुंगानाले बताएका छन् ।
मापदण्ड पुरा नगरेका झापाकै दुई उद्योगको ताला अझै खुलेको छैन । तर मानव स्वास्थ्यका लागि निक्कै जोखिम मानिने पानी, त्यो पनि बन्द गराउन निर्देशन दिएको उद्योगबाटै खुलेआम बिक्रि वितरण भैरहनु, यसले अनुगमन टोली र प्रदेश सरकारको व्यवस्थालाई उजागर गरेको छ ।