काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की क्षेत्र नं २ बाट खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको कांग्रेसको पदाधिकारी बैठकले पौडेललाई उम्मेवार बनाउने निर्णय गरेको हो ।
यसैबीच कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव र पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पदाधिकारी बैठक बहिष्कार गरेका छन् ।