काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले समृद्धिको नयाँ उडान सुरु गरेको भन्दै सबैको साथ र सहयोग पाउने विश्वास व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टी मुख्यालय धुम्बाराहीमा बिहिबार पार्टीका नवप्रवेशीहरुलाई स्वागत गर्दै समृद्धिको उडानमा सबैको साथ पाउने बताएका हुन् ।
समय सापेक्ष परिवर्तनको अनुभुति गराउने गरि समृद्ध नेपाल निर्माणमा सरकार अघि बढेको भन्दै ओलीले सकारात्मक सुधारका रुपमा आएका कानुनी व्यवस्थालाई अनावश्यक रुपमा विवादित बनाइएको बताएका थिए । नेपाल कम्युनिष्ट पार्टीले मात्रै समृद्धिको सपना पुरा गर्न सक्नेमा पुराना राजनीतिज्ञ र युवा पुस्ता सबैको भरोसा र विश्वास रहेको भन्दै ओलीले अब अरु दलमा पहिरो जाने टिप्पणी पनि गरे ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनलाई आत्मसाथ गरेर पार्टी समृद्ध नेपाल निर्माणको अभियानमा अघि बढेको भन्दै सरकारलाई समेत देश र जनहितमा काम गर्नेगरि नेता कार्यकर्ताले खबरदारी गर्नुपर्ने बताए ।
कार्याक्रममा स्वतन्त्र राजनीतिक समूहका सांसद हृदयश त्रिपाठी, बृजेशकुमार गुप्ता लगायतका नेताहरु नेकपा प्रवेश गर्ने भनिएपनि कुरा नमिलेका कारण पछि हटेका थिए ।