Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • ललितपुर विस्फोटमा संलग्न रहेको आशंकामा ६ जना पक्राउ
  • जन्मदिनमा प्रधानमन्त्री ओलीले रोपे आँपको बिरुवा
  • बम विष्फोटका घाइतेलाई सरकारले निःशुल्क उपचार गरिदिने
  • आठ किलो चार सय ग्राम चाँदीसहित एक भारतीय नागरिक पक्राउ
  • डीपीएल फाइनल आज, उपाधीका लागि महेन्द्रनगर र अत्तरिया भिड्दै
  • कश्मीर आक्रमणमा पाकिस्तानलाई जबरजस्ती मुछाइयो : पाकिस्तानी सेना
  • परराष्ट्रमन्त्री ज्ञवाली आज जेनेभा जाँदै
  • राँगाले हान्दा एक वृद्धको मृत्यु, प्रहरीले गोली हानेर राँगा मार्‍यो
  • ललितपुर बम विस्फोट : घाइते मध्ये एक जनाको मृत्यु
  • पार्टी एकता टुङ्गियो : पुष्पकमल दाहाल ‘प्रचण्ड’
गृह पृष्‍ठ / राजनीति

कर्णालीको विकासका लागि आधुनिक ढंगले वस्ती विकास गर्नुपर्छ : प्रम ओली

2 Baishakh 2075 Sunday   9:00 pm प्रतिकृया दिनुहोस


सुर्खेत । प्रधानमन्त्री केपी ओलीले कर्णालीको समग्र विकासका लागि यहांको बस्ती आधुनिक ढंगले विस्तार गर्नु पर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीको सम्मानमा मध्यपश्चिम विश्व विद्यालयले आज आयोजना गरेको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको बिकट भूगोलका कारण अहिले कै अवस्थामा सबै जनतालाई विकाशका पूर्वाधार पुर्याउन मुस्किल भएकोले आधुनिक ढंगले बस्ती विस्तार गर्नुपर्ने बताउनुभएको हो ।

“कर्णाली आर्थिक र मानव विकाश सुचकांकका दृष्टिले पछाडि परेको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर सरकारले यस प्रदेशलाई कसरी अगाडि बढाउने भन्ने योजना बनाइरहेको छ ।”

कर्णाली प्रदेशको सिमाना दक्षिणी छिमेकीसंग नजोडिएकोले उत्तरी छिमेकसंग जोडिएका सबै नाका खोल्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “कर्णाली प्रदेश दक्षिणी मित्रराष्ट्रसंग जोडिएको छैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस कारण उत्तरी छिमेकीसंगका नाका खोल्नुु पर्छ ।”

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशलाई बिषादीमुक्त प्रदेश बनाउन सकिने बताउनुभएको छ । अन्य प्रदेशमा यस्तो सम्भावना कम भए पनि कर्णाली प्रदेशमा यस्तो सम्भावना रहेको बताउनुभयो ।

“कर्णाली प्रदेशलाई बिषादीमुक्त बनाउने हाम्रँे योजना छ” प्रधानमन्त्री ओलीले भन्नुभयो । कर्णालीलाई यातायात,सञ्चार,स्वास्थ्य,शिक्षा सबै प्रकारले देशको मुलधारमा जोडिने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशबाटै समृद्धिको यात्रा सुरु गरिने स्पष्ट पार्नुभएको छ । आफ्नो तीन दिने कर्णाली भ्रमणका क्रममा यहांको भूगोल,जनजीवन,सम्भावना,चुनौति आदि पक्षका बारेमा प्रत्यक्ष जानकारी लिन पाएको बताउनुभएको छ ।

“समृद्ध कर्णाली बनाउन जनप्रतिनिधीहरुले अगुवाइ गर्नुहोस” प्रधानमन्त्री ओलीले भन्नुभयो “यहांको कृषि,जडिबुटी,पर्यटन,उर्जालाई प्रयोग गरेर समृद्धिको यात्रालाई अघि बढाउनु पर्दछ ।”

मध्यपश्चिम विश्व विद्यालयका कुलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले विश्वविद्यालयलाई पाठ्यक्रममा ७० प्रतिशत भन्दा बढी प्रँविधिक जनशक्ति उत्पादन गरी समायोजन गर्न सुझाव दिनु भएको छ ।

कार्यक्रममा रक्षा मन्त्री इश्वर पोख्रेल,विश्व विद्यालका सहकुलपति एवं शिक्षा मन्त्री गीरीराजमणी पाखे्रल,पर्यटन मन्त्री रबिन्द्र अधिकारी लगायतको उपस्थिती थियो ।

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

राजनीति

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा प्रस्थान

  काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ...

  • बम विष्फोटका घाइतेलाई सरकारले निःशुल्क उपचार गरिदिने
  • पार्टी एकता टुङ्गियो : पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • नेकपाको कार्यदल भंग, एकताको बाँकी काम सचिवालयलाई
  • नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी
  • ‘नेपाल हिन्दु, बौद्ध र किरातको उद्गम स्थल’ : कमल थापा
  • ताजा खबर
  • लोक प्रिय खबर
  • परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा प्रस्थान

    11 Falgun 2075 Saturday 6:04 pm
  • धनगढी प्रिमियर लिगको उपाधि सीवाईसी अत्तरियालाई

    11 Falgun 2075 Saturday 5:11 pm
  • ललितपुर विस्फोटमा संलग्न रहेको आशंकामा ६ जना पक्राउ

    11 Falgun 2075 Saturday 1:49 pm
  • जन्मदिनमा प्रधानमन्त्री ओलीले रोपे आँपको बिरुवा

    11 Falgun 2075 Saturday 1:01 pm
  • बम विष्फोटका घाइतेलाई सरकारले निःशुल्क उपचार गरिदिने

    11 Falgun 2075 Saturday 11:59 am
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.