काठमाडौं : १३औं साग अन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । नेपालले पाकिस्तानलाई पछि पार्दै स्वर्ण जितेको हो ।
सोमबार भएको टिम कातामा पाकिस्तानलाई पछि पार्दै उपाधि जित्न सफल भएको हो । फाइनलमा नेपालले २४.८८ अंक तथा पाकिस्तानले २३.३ अंक जोड्न सफल भयो ।
जारी सागमा कातामा यो दोस्रो स्वर्ण हो । यसअघि मन्डेकाजी श्रेष्ठले पुरुष एकल कातामा स्वर्ण जितेको थियो । कातामा महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्की रहेकी छिन् ।