- सर्वोच्च शिखर सगरमाथाको संरक्षणमा लाग्न प्रधानमन्त्रीको आह्वान
- जानकी नवमीको अवसरमा जनकपुरमा तीन दिवसीय रामायण मेला
- १२ औं महाधिवेशन सुनिश्चितता गर्न माग गर्दै पार्टी कार्यालयमा नेविसंघको धर्ना
- निर्वाचनको समिक्षा भन्दा कांग्रेस नेताहरु आरोप प्रत्यारोपमा
- पुननिर्माण सुस्त भएको पूर्व प्रधानमन्त्री भट्टराईको गुनासो
- बुद्धिजीविलाई दिए ओलीले मुसाको संज्ञा, विकासको कुरा गर्दा महेन्द्रपथ भनेकोमा गुनासो
- भोली दुई नम्बर प्रदेशमा सार्वजनिक विदा
- मनाङ माइभ्याली गोल्डकपको सेमिफाइनलमा
- ३३ किलो सून प्रकरणमा अपराध महाशाखाका अर्का सई पक्राउ
- भुकम्प प्रभावित जिल्लामा दुई बर्षसम्म निशुल्क ईन्टरनेट सुविधा
एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्ल्याडियर्टसको लगातार दोस्रो जित
काठमाडौं । रोहित कुमार पौडेलको विष्फोटक ब्याटिङमा ललितपुर प्याट्रिएट्सलाई भैरहवा ग्ल्याडियर्टसले एभरेष्ट प्रिमियर लिग ईपिएलमा ४ विकेटले हराउदै लगातार दोस्रो जित हात पारेको छ । टियु क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा टस जिति भैरवहा ग्ल्याडियर्टसले ललितपुरलाई ब्याटिङको लागि मैदानमा उतार्यो। ललितपुरले २० ओभरमा ९ विकेट गुमाउदै १४१ रन देडयो । सुरूवात राम्रो गर्न नसकेको ललितपुरले ३ महत्वपूर्ण खेलाडी पवन सराफ १ रनमा,विदेशी खेलाडी जय किशन कोशलावाला १४ रनमा र राजवीर सिंह ८ रनमा आउट भए । यतिखेक ललितपुरले मात्र ३९ रन बनाएको थियो। तर कप्तान ज्ञानेन्द्र मल्ल र योगेश नागारले पारी सम्हाले । अर्धषतकीय पारी खेलेका नागरले ३३ बलको सामना गर्दै ७ चौक प १ छक्का प्रहार गर्दै ५४ रनको योगदान दिए । ज्ञानेन्द्रले २९ बलबाट ४२ रन जोडे । बलिङमा दिपेश श्रेष्ठले ३ तथा आरिफ शेख र पुनित मिश्राले २र२ विकेट लिए ।जवाफमा १४२ रनको लक्ष्य पछयाएको भैरवहा ग्ल्याडियर्टसले २० ओभरमा ६ विकेट गुमाउदै पुरा गर्यो । राम्रो सुरूवात गर्न नसकेपनि पुनित बिष्टको ५० र अन्तिम ३ ओभरमा युवा बलर रोहित कुमार पौडेलले ११ बलमा ३१ रन प्रहार गर्दै टिमलाई जित दिलाएका हुन । यसअघि भैरवहा ग्ल्याडियर्टसले हिजो पहिलो खेलमा काठमाञ्डौलाई ७ विकेटले हराएको थियो।