काठमाडौं : एपेन्डिक्स नामको आन्द्रमा देखिने संक्रमणलाई एपेन्डिसाइट भन्ने गरिन्छ । एपेन्डिसाइटको समयमा उपचार नभएर फुट्यो भने मान्छेको ज्यान समेत जोखिमा पर्ने गर्दछ । अझ मुटु तथा मृगौला रोगीका लागि एपेन्डिसाइट धेरै जोखिमपूर्ण हुने चिकित्सकहरु बताउछन् ।