काठमाडौं : नेपाल आइडलमा इन्दिरा जोशीले एउटै शोमा तीन वटा ड्रेस चेन्ज गर्छिन् ।यता अभया दिदी भने सातौं एपिसोडसम्म पनि त्यै एउटा फाटेको जिन्स ????? मेरो दिदी तिमि कति गरिब भको ????
यी र यस्तै कमेन्टहरु आउन थालेपछि सिंगिङ रियालिटी शो दि भ्वाइस अफ नेपाल कार्यक्रममा एकै किसिमको ड्रेस लगाउनुको कारण विज्ञप्ति नै जारी गरेर स्पष्ट पारेको छ ।
कार्यक्रमको नियम र थिम अनुसार नै निर्णायक र कार्यक्रमका सञ्चालक सुशील नेपालले एउटै ड्रेस पटक पटक लगाएको बताएका छन् ।
‘कार्यक्रमको अवधिमा अरु ड्रेस नभएर वा खर्च घटाउन नभई कार्यक्रमको थिमअनुसार नै भएको हो’, संचालक नेपालले विज्ञप्तीमा भनेका छन्, ‘कार्यक्रमको तोकिएको एपिसोडमा एउटै प्रकारको ड्रेस लगाउनुपर्नेछ । ड्रेसको बारेमा बजारमा धेरै हल्ला आएका छन् तर कार्यक्रम अन्तराष्ट्रियस्तरको भएको हुँदा गुणस्तर कायम गर्न एउटै किसिमको ड्रेस लगाएका हौं ।’
ब्लाइण्ड अडिसन राउण्डभर एउटै ड्रेस लगाउने र यसपछिको ब्याटल राउण्डमा पनि त्यस्तै एकै प्रकारको ड्रेस लगाउने उनले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
अहिले चलिरहेको ब्लाइण्ड अडिसनबाट कुल ४८ जना ब्याटल राउण्डमा प्रवेश गर्नेछन् त्यसपछि प्रतियोगिहरुले एक आपसमा प्रतिस्पर्धा गर्नुपर्नेछ । निर्णायकको रुपमा दीप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल रहेका छन् ।