- बलात्कारको मुद्दामा आशाराम दोषी ठहर
- आर्मीको सेमिफाइनल यात्रामा नवयुग र भरतको पनि गोल
- चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर ५.८९ %, प्रतिब्यक्ति आय १ हजार डलर नाघ्यो
- एक महिनामा तीन दर्जन बलात्कृत
- सुन तस्करी काण्डमा संलग्न चिनियाँ नागरिक पक्राउ
- सार्वजनिक सरोकारका बिषयमा मात्र सुचनाको हक : प्रधानमन्त्री ओली
- उस्तै देखिने तर बलियो धरहरा निर्माण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
- नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी बनाइने
- चर्को शुल्क फिर्ता गर्न माग गर्दै शिक्षा विभागमा धर्ना
- मृगौला प्रत्यारोपण गर्न रकम अभाब
इङलिस लिगमा म्यानचेष्टर सिटीको अपराजित यात्रा कायमै, म्यानचेष्टर युनाईटेड बराबरीमा रोकियो
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । प्रिमियर लिगअन्तर्गत गए राति भएको खेलमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई चार शुन्यले हराएको हो । म्यानचेस्टर सिटीको यो लिगमा लगातार १७ औं जित हो । घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा सर्जियो अग्युरोले दुई, रहिम स्ट्रर्लिङ र डानिलोले एक एक गोल गरे । गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग दुई दुई गोलको बराबरीमा रोकिएको छ । लेस्टरका लागि जेमी भर्डी र ह्यारी मागुइरीले एक–एक गोल गरे । युनाइटेडका दुबै गोल आन माटाले गरे । अर्को खेलमा चेल्सी एभर्टनसँग गोल रहित बराबरीमा रोकिएको छ । न्युक्यासलले वेष्ट ह्यामलाई तीन दुई, स्टोक सिटीले वेष्ट ब्रोमलाई तीन–एक तथा ब्राइटनले वाट्फोर्डलाई एक शुन्यले हराएका छन । साउथह्याम्पटन र हडर्लफिल्ड तथा स्वान्सी सिटी र क्रिष्टल प्यालेसले एक–एकको बराबरी खेल्दै अंक बाँडेका छन । गएरातिका खेलपछि १९ खेलवाट पचपन्न अंक जोडदै म्यानचेष्टर सिटी लिगको शिर्ष स्थानमा छ । दोस्रो स्थानको म्यानचेष्टर युनाईटेडको ४१ अंक छ । चेल्सी ३९ अंक सहित तेस्रो स्थानमा छ । लिभरपुल ३५ अंक सहित चौथो र टोटनह्याम ३४ अंक सहित पाँचौ स्थानमा छन् ।।