काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज रातिबाट लागू हुने गरी पेट्रोलको १ रुपैयाँ, डिजेल र मट्टितेलको २/२ रुपैयाँ बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि सोही अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएकाे छ ।
नयाँ मूल्य अनुसार पेट्रोलको मुल्य प्रतिलिटर १ सय ६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ८७/८७ रुपैयाँ पुगेको निगमले जनाएको छ । यसअघि प्रतिलिटर पेट्रोलको मूल्य १ सय ५ रुपैयाँ, डिजेल र मट्टितेल ८५ रुपैयाँ कायम थियो ।
निगमले चैत १९ गते पनि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई /दुई रुपैयाँ बढाएको थियो । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढाएको छैन ।