काठमाडौँ : आज हरितालिका तीज, प्रत्येक वर्षको भाद्र शुक्ल द्धितीया देखि पञ्चमीसम्म मनाइने हरितालिका तीज हिन्दु नारीहरुको विशेष पर्व हो । धार्मिक तथा सांस्कृतिक महत्व बोक्ने पर्व तीजलाई महिलाहरुले सुःख, दुःख र सदभाव साट्ने उत्सबका रुपमा मनाउने गरेका छन् ।
सानो उमेरदेखि महादेव शिवसंग गहिरो प्रेममा परेकी पार्वतीले पिता हिमालय पर्वत आफनो कन्यादान विष्णुसंग गर्न तयार भएपछि भागेर जंगलमा पुगी तपस्या गरिन । र भाद्र शुक्ल तृतियाका दिन आफुले चाहेको पतिको रुपमा शिवलाई प्राप्त गरिन । यहि किवंदन्तीबाट सुरु भएको तीज परम्पराले अहिलेको आधुनिक समाजमा पनि उत्तिकै महत्व पाइरहेको छ ।
तीजको द्धितीयका दिन दर अर्थात विभिन्न मिठा परिकार खाने र भोलिपल्ट निराहार व्रत बस्ने प्रचलन छ । विवाहित महिलाले आफनो श्रीमानको दिर्घायुको कामना गर्दै व्रत बस्ने गर्छन भने अविवाहित महिलाले राम्रो वरको कामना गर्दै भगवान शिवको आराधना गर्छन ।
तीज पर्वलाई नारी स्वतन्त्रताका रुपमा समेत लिइन्छ । पति र परिवारप्रतिको सर्मपण मात्र होइन आफना वेदना, दुख र संर्घषको गाथा पोख्ने दिन पनि हो तिज । विवाहितहरु माइतीघर गएर दाजुभाइ तथा साथीसंगीसँग आफनो दुख साटसाट गर्दै नाचगान तथा मनोञ्जनमा रमाउने गर्छन ।
तीजको व्रतका समयमादेशैभरका मन्दिरमा पुगेर पुजापाठ सहित कथा सुन्ने र समापनमा ब्राहमणबाट पुजा गराई दान दक्षिणा दिने परम्परा रहिआएको छ ।