Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क/Contact
  • साग महिला फुटबल : स्वर्ण जित्नबाट चुक्यो नेपाल, भारतसँग २-०ले पराजित
  • बक्सिङमा मिनु गुरुङले दिलाइन् नेपालालाई स्वर्ण
  • साग पुरुष क्रिकेट : नेपाललाई कास्यपदक
  • संसद्को गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते
  • न्यूजिल्यान्डको ह्वाइट आईल्याण्डमा ज्वालामुखी विस्फोट, एक जनाको मृत्यु, २० घाइते
  • दुई थान पेस्तोल र ४ राउण्ड गोलीसहित एक जना पक्राउ
  • कोहलपुर घटनामा प्रहरीको दमन भएको भन्दै नेविसंघको विरोध प्रदर्शन
  • रावाबेँसी गाउँपालिका प्रमुखको गाडीमा आगजनी
  • साउदी महिलाहरुलाई होटल तथा रेष्टुराँ प्रवेशमा गरिएको कडाइ हटाइयो
  • कोहलपुर घटना : सर्वदलीय बैठक बसेर छानविन अघि बढाउने प्रशासनको तयारी
गृह पृष्‍ठ / मुख्य खबर

अमेरिकी संसदले न्यूनतम ज्याला १५ डलर तोक्यो, सिनेट भने विपक्षमा

3 Shrawan 2076 Friday   2:23 pm प्रतिकृया दिनुहोस

वासिङ्टन : डेमोक्र्याटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले संघीय न्यूनतम ज्याला सन् २०२५ सम्ममा प्रतिघण्टा १५ अमेरिकी डलर बनाउने सम्बन्धी विधेयक पारित गरेको छ ।

तर रिपब्लीकन पार्टीको बर्चश्व रहेको माथिल्लो सदन सिनेटले भने उक्त विधेयक पारित नगर्ने सम्भावना छ । तल्लो सदनबाट पारित विधेयक माथिल्लो सदनबाट पनि पारित भएपछि राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

हाउसमा भएको मतदानमा ज्याला वृद्धिसम्बन्धी विधेयक २३१–१९९ मतले पारित भएको थियो । विधेयकको पक्षमा डेमोक्र्याट सांसदले मतदान गरेका थिए भने रिपब्लीकनले विपक्षमा मतदान गरेका थिए ।

यो विधेयक स्वीकृत भई लागू भएमा न्यूनतम ज्याला दोब्बर हुनेछ । हाल अमेरिकामा न्यूनतम ज्याला प्रतिघण्टा ७.२५ डलर छ । अमेरिकामा न्यूनतम ज्याला सन् २००९ यता परिवर्तन भएको छैन ।

अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याककोनेलले तल्लो सदनबाट पारित भएको विधेयक अस्वीकार्य छ भन्दै त्यसलाई सिनेटमा छलफल समेत नगरिने जानकारी दिए ।

“अनुसन्धानहरुले न्यूनतम ज्यालालाई १५ डलर पु¥याउँदा रोजगारी गुम्ने र सुधारोन्मुख अमेरिकी अर्थतन्त्रमा ठूलो क्षति पुग्ने देखाएका छन्,” मिचेलले ट्वीट गर्दै भनेका छन्, “हामी यो विधेयकलाई सिनेटमा छलफल गर्ने स्थितिमा पनि छैनौं ।”

बजेट सम्बन्धी कङ्ग्रेस बजेट कार्यालयले यसै महिनाको शुरुमा प्रकाशन गरेको एक प्रतिवेदनमा सन् २०२५ सम्ममा न्यूनतम ज्याला १५ डलर पुर्‍याइए यसबाट एक करोड ७० लाख कामदारले थप भुक्तानी पाउने तर १३ लाख रोजगारी गुम्ने बताएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

मुख्य खबर

सागको नवौँ दिन नेपाललाई थप चार स्वर्ण, ४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

  काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक ...

  • एकै संस्करणमा चार स्वर्ण जित्दै गौरिका बनिन् इतिहासकै सफल खेलाडी
  • साग महिला फुटबल : स्वर्ण जित्नबाट चुक्यो नेपाल, भारतसँग २-०ले पराजित
  • बक्सिङमा मिनु गुरुङले दिलाइन् नेपालालाई स्वर्ण
  • साग पुरुष क्रिकेट : नेपाललाई कास्यपदक
  • संसद्को गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते
  • ताजा खबर
  • लोक प्रिय खबर
  • रुसलाई अन्तर्राष्ट्रिय खेलमा चार वर्षको प्रतिबन्ध

    23 Mangshir 2076 Monday 8:04 pm
  • सागको नवौँ दिन नेपाललाई थप चार स्वर्ण, ४९ स्वर्णसहित नेपाल ...

    23 Mangshir 2076 Monday 7:39 pm
  • एकै संस्करणमा चार स्वर्ण जित्दै गौरिका बनिन् इतिहासकै सफल खेलाडी

    23 Mangshir 2076 Monday 7:22 pm
  • सागः सुटिङ खेलमा नेपाल पदकविहीन

    23 Mangshir 2076 Monday 6:36 pm
  • नेप्सेमा दोहोरो अङ्कको वृद्धि

    23 Mangshir 2076 Monday 6:09 pm
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.